Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

अन्तिम समयमा परीक्षा तयारी गर्दै हुनुहुन्छ? यस्ता छन् सफलता बढाउने १० प्रभावकारी उपायहरु


अन्तिम समयमा परीक्षा तयारी गर्दै हुनुहुन्छ? यस्ता छन् सफलता बढाउने १० प्रभावकारी उपायहरु

काठमाडौं । परीक्षा नजिकिँदै जाँदा धेरै विद्यार्थी तनाव र हतारमा पढ्न थाल्छन्। तर अन्तिम समयमा घोकन्ते अध्ययनभन्दा योजनाबद्ध सही रणनीति अपनाए राम्रो नतिजा हासिल गर्न सकिन्छ।

त्यसैगरी, पर्याप्त निद्रा, सन्तुलित आहार र बीच–बीचमा छोटो विश्रामले एकाग्रता बढाउन मद्दत गर्छ। अघिल्ला वर्षका प्रश्नपत्र अभ्यास गर्ने, समय व्यवस्थापन गर्ने र आत्मविश्वास कायम राख्ने विद्यार्थीले परीक्षामा राम्रो प्रदर्शन गर्ने सम्भावना बढी रहने गर्दछ।

राम्रो नतिजा हासिल गर्न  यी उपाय अपनाउनुहोस्:

-नयाँ पाठ नथाल्नुहोस्, पढिसकेका विषयको पुनरावलोकन गर्नुहोस्।

-महत्त्वपूर्ण नोट, सूत्र र परिभाषा दोहोर्‍याएर पढ्नुहोस्।

-अघिल्ला वर्षका प्रश्नपत्र समाधान गर्ने अभ्यास गर्नुहोस्।

-कमजोर विषयलाई प्राथमिकता दिएर समय छुट्याउनुहोस्।

-समय व्यवस्थापन गर्दै अध्ययन तालिका बनाउनुहोस्।

-६/८ घण्टा पर्याप्त निद्रा लिनुहोस्, रातभर जाग्राम नबस्नुहोस्।

-पौष्टिक खाना र पर्याप्त पानी सेवन गर्नुहोस्।

-सामाजिक सञ्जाल र मोबाइलको प्रयोग सकेसम्म कम गर्नुहोस्।

-बीच–बीचमा ५–१० मिनेट विश्राम लिएर पढ्दा एकाग्रता बढ्छ।

-आत्मविश्वास कायम राख्दै सकारात्मक सोचका साथ परीक्षामा सहभागी हुनुहोस्।

परीक्षा अघिल्लो रात आवश्यक कागजात, प्रवेशपत्र र लेखन सामग्री तयार राख्नुहोस्। यसले परीक्षा दिनको तनाव कम गर्छ।


प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?