Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’


धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’

काठमाडौँ।मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव ¥याली’ आयोजना गरिएको छ ।

वृहत नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो ¥याली निकालिएको हो । पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावलाई न्युनिकरण गर्दै सामाजिक एकता कायम गर्न नागरिक समाजले यो पहल गरेको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा दुई जनाको मृत्यु भएको थियो भने सिरहामा उत्पन्न धार्मिक विवादका क्रममा प्रहरीको गोली लागि एक जनाको ज्यान गएको थियो । यी हिंसात्मक घटनाहरूका कारण तराईका केही जिल्लाहरूमा अझै पनि स्थिति तनावपूर्ण रहेको छ भने स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको छ ।

समाजमा द्वेष फैलिन नदिन र आपसी भाइचारा सुदृढ बनाउन नागरिक आन्दोलनले काठमाडौंमा ऐक्यवद्धता प्रदर्शन गरेको हो ।


प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?