Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल


काठमाडौँ। प्रा. कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस) को अवस्थाबाट गुज्रिरहेको बताएका छन् । समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणी गरेका हुन् । मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उनले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाएका छन् । मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उनले अहिले समस्यालाई शिथिल मात्र बनाएको तर सम्बोधन नगरिएको बताए । समस्याको शिथिलीकरण समाधान नभएको उनको दाबी छ । राजनीतिक दलहरूको चरित्रमाथि प्रश्न उठाउँदै प्रा. खनालले कुनैपनि पार्टीले आफू किन हा¥यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तरघात वा अन्य वाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हावी रहेको जिकिर गरेका छन् । उनले अध्ययनकर्ताहरूले हारको वास्तविक कारण बुझे पनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताएका छन् । विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताएका छन् । खनालले हाल आफू नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारी समेत दिएका छन् । प्रा.खनालले भने, ‘कुनैपनि राजनीतिक दलले चुनाव हार्नुको वास्तविक कारण आत्मसमीक्षा गर्न चाहँदैन । हारको जिम्मेवारी आफूले लिनुको सट्टा अन्तरघात वा अरूलाई दोष दिने प्रवृत्ति देखिन्छ । तर हारेको पार्टी नै हो भन्ने यथार्थ स्वीकार गरेर सुधारको बाटो खोज्नु आवश्यक छ । हाम्रो समाजमा तथ्य र अनुसन्धानमा आधारित राजनीतिक बहसको संस्कार कमजोर छ । विश्वविद्यालयहरूमा पनि अनुसन्धानलाई पर्याप्त प्राथमिकता नदिँदा शिक्षण र अनुसन्धानबीचको सम्बन्ध बलियो बन्न सकेको छैन । अहिले नेपाल बहुसंकटको अवस्थामा छ । समस्या एकपछि अर्को गर्दै आइरहेका छन् तर तिनको दीर्घकालीन समाधानभन्दा तत्काल शिथिलीकरणमा मात्र ध्यान दिइएको छ । समस्या र संकट फरक कुरा हुन् । समस्या समाधान गर्न सकिन्छ तर जब विद्यमान संस्था, प्रक्रिया र उपायहरूले समाधान दिन सक्दैनन्, त्यही अवस्था संकट हो ।’ प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तब मात्र त्यसले संकटको रूप लिने गर्दछ । उनले अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थर मात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिन सक्ने चेतावनी दिएका छन् ।

काठमाडौँ। प्रा. कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस) को अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणी गरेका हुन् । मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उनले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाएका छन् । मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उनले अहिले समस्यालाई शिथिल मात्र बनाएको तर सम्बोधन नगरिएको बताए । समस्याको शिथिलीकरण समाधान नभएको उनको दाबी छ ।

राजनीतिक दलहरूको चरित्रमाथि प्रश्न उठाउँदै प्रा. खनालले कुनैपनि पार्टीले आफू किन हा¥यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तरघात वा अन्य वाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हावी रहेको जिकिर गरेका छन् । उनले अध्ययनकर्ताहरूले हारको वास्तविक कारण बुझे पनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताएका छन् । विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताएका छन् । खनालले हाल आफू नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारी समेत दिएका छन् ।

प्रा.खनालले भने, ‘कुनैपनि राजनीतिक दलले चुनाव हार्नुको वास्तविक कारण आत्मसमीक्षा गर्न चाहँदैन । हारको जिम्मेवारी आफूले लिनुको सट्टा अन्तरघात वा अरूलाई दोष दिने प्रवृत्ति देखिन्छ । तर हारेको पार्टी नै हो भन्ने यथार्थ स्वीकार गरेर सुधारको बाटो खोज्नु आवश्यक छ । हाम्रो समाजमा तथ्य र अनुसन्धानमा आधारित राजनीतिक बहसको संस्कार कमजोर छ । विश्वविद्यालयहरूमा पनि अनुसन्धानलाई पर्याप्त प्राथमिकता नदिँदा शिक्षण र अनुसन्धानबीचको सम्बन्ध बलियो बन्न सकेको छैन । अहिले नेपाल बहुसंकटको अवस्थामा छ । समस्या एकपछि अर्को गर्दै आइरहेका छन् तर तिनको दीर्घकालीन समाधानभन्दा तत्काल शिथिलीकरणमा मात्र ध्यान दिइएको छ । समस्या र संकट फरक कुरा हुन् । समस्या समाधान गर्न सकिन्छ तर जब विद्यमान संस्था, प्रक्रिया र उपायहरूले समाधान दिन सक्दैनन्, त्यही अवस्था संकट हो ।’

प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तब मात्र त्यसले संकटको रूप लिने गर्दछ । उनले अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थर मात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिन सक्ने चेतावनी दिएका छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?