Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा


राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिको आशक्तिप्रति चिन्ता व्यक्त गरेका हुन् । नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गरेका छन् । नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्थामा पुग्नु दुःखको विषय भएको उनको भनाइ छ । यो राजनीतिको उद्देश्यभन्दा फरक र विचलित बाटो भएको बताए । पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उनले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई विशुद्ध नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गरेका छन् । बदलिँदो परिवेशमा पार्टीका सामु नयाँ विषय र चुनौतीहरू थपिएको बताउँदै उनले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याएका छन् ।

सभापति थापाले भने, ‘हामी राजनीतिमा आएको पनि त्यही भएर हो । राजनीतिभन्दा ठूलो सार्वजनिक सेवा अरू केही छैन । राजनीतिभन्दा ठूलो नागरिक सेवा वा मानव सेवा पनि केही होइन। नागरिक र मानव सेवा गर्न शक्ति भयो भने अझ धेरै गर्न सकिन्छ, सत्ता भयो भने अझ प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने सोचबाट हामी चिप्लिएर शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ । तर यो पार्टी स्थापना गर्ने संस्थापक नेताहरूले शुरुदेखि सत्ता र शक्तिलाई लक्ष्य बनाएका थिएनन् । यो पार्टी नागरिक सेवा र मानव सेवाकै भावनाबाट प्रारम्भ भएको हो । आज पार्टी नयाँ चरणमा आइपुगेको छ । नयाँ विषय छन्, नयाँ चुनौतीहरू छन् । म प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसले विषयवस्तुलाई जसरी पक्रेको छ र अत्यन्त व्यवस्थित ढङ्गले कार्यक्रम सञ्चालन गरिरहेको छ, त्यो प्रशंसनीय छ । हामी पार्टीका नियमित संगठनात्मक काम गर्दै जान्छौँ । त्यससँगै पार्टीको आत्मालाई जीवन्त राख्ने यस्ता वैचारिक र सामाजिक कार्यहरू पनि निरन्तर अघि बढाउँदै जानुपर्छ ।’

प्रतिष्ठानको कार्यशैलीप्रति सन्तोष व्यक्त गर्दै उहाँले पार्टीको मर्म र आत्मालाई बुझेर रचनात्मक कार्यहरू भइरहेको बताए । एकातर्फ नियमित सांगठनिक गतिविधि र अर्कोतर्फ नीतिगत तथा प्रशिक्षणका कामहरू व्यवस्थित ढंगले अगाडि बढ्नु सुखद् पक्ष रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?