काठमाडौँ। नेपाली काँग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उनले बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उक्त माग गरेका हुन् । सचेतक राईले सरकारले भारतले चिया निर्यातमा रोक लगाउँद इलामका चिया उद्योग बन्द हुँदा त्यहाँ आश्रित श्रमिकहरुको बेहाल हुँदा पनि सरकारले उक्त समस्या समाधानका लागि पहल गरेको गुनासो गरेका छन् । सचेतक राईले भारतसँग तत्काल सम्वाद गरी उक्त समस्या समाधान गर्न पनि सरकारलाई दबाब दिएका छन् ।
उनले भने,‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या गरेको इलाममा चिया उद्योग र किसानहरुले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिव ३ दिन भयो । भारतीय चियाँ बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ । उनीहरुको मापदण्ड भित्र नपरे चियाँ नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ । जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योग बन्द गरिएका छन् । तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन । यो योसँग सातौ पटक भयो । हुनन सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै हुनुहुन्छ । सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनु भयो । तर वार्षिक ३ करोड तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन । चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ । चिया टिप्ने र त्यसका काम गर्ने श्रमिकहरुको रोजगारी गएको छ । उद्योगले बैकबाट लिएको लोनको ब्याज तिर्न सक्ने अवस्था छैन । बालबालिकाका शिक्षा, त्यहाँका मानिसहरुको रोजीरोटी त्यहीमा आश्रित छ । तर सरकार गम्भिर हुन सकिरहेको छैन । मैले चियाको समस्या पटक पटक संसदमा उठाएको छु सभामुख महोदय । सम्माननीय प्रधानमन्त्रीज्यूलाई औपचारिक, अनौपचारिक भेटेर पनि भनेको छु । सँगैमा परराष्ट्रमन्त्री, ऊर्जामन्त्रीज्यूलाई पनि मैले भेटेर भनेको छु । तर हालसम्म सम्बोधन हुन सकेको छैन । त्यसैले तत्काल सभामुख महोदयमार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन जीटुजी पहल गरियोस् । चिया निर्यातमा डेभ्लोम्याटिक इक्सरसाईज अगाडि बढाइयोस् । र दीर्घकालीन समस्या समाधान गरियोस । चिया टेष्टिङ ल्याव निर्माण गरियोस् । त्यस्तै गरेर तेस्रो देशमा निर्यातका लागि बजार सुनिश्चित गरियोस् ।’
सचेतक राईले चियाको गुणस्तर मापन सम्बन्धि ल्यावको आवश्यक व्यवस्था तत्काल गर्न पनि सरकारको ध्यानाकर्षंण गराएका छन् ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार