Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य नेपाली महिलाहरूको अवस्था भयावह रहेको बताइन् । उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली सर्मिला दर्जीलाई निकै प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै सोही क्रममा त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको कारुणिक अवस्था रहेको पनि बताइन् । आफूले सदनमा तीन पटकसम्म विषय उठाएको र नेपाली राजदूतावाससँगको निरन्तर समन्वयपछि शर्मिला दर्जीलाई स्वदेश फर्काउन सफल भएको उनले बताइन् ।

उनले भनिन् , ‘नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायले उनलाई रोक्न जेल पठाएका थिए । मैले फेरि दूतावासमा सम्पर्क गरी कडा रूपमा कुरा उठाएपछि मात्र उनलाई रिहा गरियो र हिजो उनी स्वदेश आइपुगिन् ।’

उद्धार गरिएकी महिलाको भनाइ उद्धृत गर्दै सांसद ओलीले कुवेतका जेलहरूमा अझै सयौँको सङ्ख्यामा नेपाली महिलाहरू रहेको र तीमध्ये कतिपयले मानसिक सन्तुलन समेत गुमाइसकेको जानकारी दिएकी छिन् । अवैध बाटोबाट कुवेत पुगेका करिव ६५ हजार नेपाली महिलाहरू जोखिममा रहेको उल्लेख गर्दै उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने वातावरण तत्काल मिलाउन सांसद ओलीले सरकारसँग माग गरेकी छिन् ।


प्रकाशित मिति: ३ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?