Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

युवालाई विधायिकी प्रक्रियामा जोड्न स्ववियु परिषद्द्वारा ‘नमूना संसद’ अभ्यास आयोजना


युवालाई विधायिकी प्रक्रियामा जोड्न स्ववियु परिषद्द्वारा ‘नमूना संसद’ अभ्यास आयोजना

काठमाडौँ । युवालाई मुलुकको नीति निर्माण तथा कानून कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले ‘नमूना संसद अभ्यास–२०८३’ आयोजना गरेको छ ।

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा आयोजित उक्त कार्यक्रममा युवाहरूलाई विधायिकी प्रक्रियाका बारेमा व्यावहारिक प्रशिक्षण र अभ्यास गराइएको थियो । नमूना संसद अभ्यासले सहभागी युवामा मुलुकको विद्यमान संसदीय प्रणाली, कानून निर्माणका चरणहरू र यसको कार्यान्वयन प्रक्रियाका बारेमा गहिरो बुझाइ विकसित गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

स्ववियु परिषद्काअनुसार यस कार्यक्रमले युवाहरूमा लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक अन्तर्वस्तु तथा नेतृत्व विकासका विविध आयामहरूमा क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेल्नेछ । विद्यार्थीलाई संसदीय मर्यादा, सदनमा हुने बहस र छलफलका प्रक्रियासँग प्रत्यक्ष परिचित गराउँदै उनीहरूलाई राज्यका नीति निर्माण तहमा भविष्यमा पुग्न प्रोत्साहित गर्नु यस अभ्यासको मुख्य ध्येय रहेको छ ।

मुलुकको राजनीतिक र प्रशासनिक प्रणालीप्रति युवाहरूको चासो बढाउन र उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार पार्न यस्ता रचनात्मक अभ्यासहरू उपयोगी हुने विश्वास परिषद्ले व्यक्त गरेको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?