Trending
>>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

३६ वर्षे प्रधानमन्त्री र ५० वर्षे अर्थमन्त्रीले देश हाँक्नु नै ठूलो परिवर्तन हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको बताएका छन् । अर्थमन्त्री वाग्लेले नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा रहेको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि बर्तमान सरकार अझ निर्मम हुने बताए । पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएको समेत उनले बताएका छन् । ब्युरोक्रेसी र रेगुलेटरी संयन्त्रले इमानदार भएर व्यवसाय गर्छु भन्नेहरूका लागि वातावरण लगभग असम्भव विगतमा रहेपनि अब यो अवस्था नरहने उनको भनाइ छ ।

उनले भने,‘चार–पाँच महिना अगाडि पनि कल्पना गर्नुभएको थियो यो देशमा ३६ वर्षका प्रधानमन्त्रीले दमदारसित यो देशलाई हाक्नुहुन्छ भन्नेकुरा कसैले कल्पना गर्नुभएको थियो ? भर्खर ५० नाघेको अर्थमन्त्री यो क्याबिनेटको सबैभन्दा वृद्ध सदस्य भनेर कसैले कल्पना गर्नुभएको थियो ? हामी त ८० वर्ष नपुगी हैन मन्त्री, प्रधानमन्त्री, वरिष्ठ नेता के–के के–के भन्ने त हुँदैन भन्या थियौँ नि । यो त ठूलो परिवर्तन हो नि । त्यसैले प्राइभेट सेक्टरले पनि यो अभूतपूर्व जनादेशलाई शिरोपर गर्नुबाहेकको विकल्प छैन । तर कहिलेकाहीँ पुराना बानीहरू बिर्सनलाई, परिवर्तन गर्नलाई समय लाग्न सक्छ । मेरो एकदम तपाईँहरू प्रतिको ‘फन्डनेस’ र कसरी हामी सँगै अब जाने हो । अघि मैले भनिसकेँ यो देश बनाउनको लागि निजी क्षेत्र बिना हामी सक्दै सक्दैनौँ र अलिकति प्राइभेट सेक्टरको माइन्डसेट र एप्रोचमा पनि चेन्ज गर्नुपर्ने हुन्छ । र मैले त्यहाँ भनेको थिएँ कि धेरै उद्यमी व्यवसायीहरूलाई हाम्रो यो डिस्क्रेसन ओरिएन्टेड ब्युरोक्रेसी, रेगुलेटरीको यो कक्र्यापले गर्दा खेरी इमानदार पूर्वक उद्यम व्यवसाय गर्छु भन्नलाई लगभग असम्भव बनाइदिएको छ ।’

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको महत्वबारे चर्चा गर्दै अर्थमन्त्रीले निजी क्षेत्रको सहभागिता बिना देशको विकास असम्भव रहेको स्पष्ट पारेका छन् । उनले सरकारले नयाँ जनादेश पाएको सन्दर्भमा निजी क्षेत्रले पनि पुराना बानीहरू त्यागेर पारदर्शी र उद्यमशील बाटो रोज्नुपर्ने सुझाव दिएका छन् । उनले प्रविधिको प्रयोग र सदाचारलाई बढावा दिँदै व्यवसायिक वातावरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् । उनले रास्वपाले ल्याएको वाचापत्रमा टेकेर सरकार अघि बढ्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?