Trending
>>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

महानिरीक्षक पौडेलको प्रतिवद्धताः भ्रष्टाचारमा शुन्य सहनशीलता र सीमा सुरक्षामा प्रविधिको प्रयोग प्राथमिकता


नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन र मिसन रेडी फोर्स’ को रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमवार गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा उहाँले संगठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणालीलाई सुदृढ बनाइने बताउनुभएको हो । सीमा सुरक्षालाई संगठनको मेरुदण्ड मान्दै अर्यालले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘बोर्डर इन्टेलिजेन्स’ को विकास गर्ने योजना अघि सार्नुभयो । उहाँले सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) हरूको विस्तार, रणनीतिक तैनाथी र छिमेकी मुलुकका सुरक्षा निकायहरूसँग व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिकालाई अझ प्रभावकारी बनाउन कुरिनटार र मनाङमा रहेका तालिम शिक्षालयहरूको सुदृढीकरण गर्ने र नयाँ ‘फायर फाइटिङ ट्रेनिङ स्कुल’ स्थापनाका लागि पहल गर्ने उहाँको योजना छ । साथै, सशस्त्र प्रहरीको स्वास्थ्य सेवालाई विस्तार गर्दै अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल गर्ने उहाँले बताउनु भयो । संगठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्वन गरिने महानिरीक्षक अर्यालले स्पष्ट पार्नुभयो । सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न वृत्तिविकासको स्पष्ट खाका र कल्याणकारी कार्यहरूलाई प्राथमिकता दिइने उहाँले बताउनु भयो । साथै, संगठनभित्रका आन्तरिक गुनासोहरूलाई आन्तरिक रूपमै सम्बोधन गर्ने संयन्त्रलाई सुदृढ बनाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीको प्रभावकारी कार्यान्वयन र जनभावनाअनुसार जनताको जीउधनको सुरक्षाको सुनिश्चित गर्ने कर्तव्य पनि छ । म संविधान, कानून, राष्ट्रिय हित र जनअपेक्षालाई केन्द्रमा राखेर इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ यस जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । विगतमा गरिएको सुधारमूखि कार्यक्रमहरुलाई निरन्तरता दिँदै त्यसलाई समयसापेक्ष परिमार्जन र थप सुदृढिकरण गर्दै अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्दछु । नेपाल सरकारले जारी गरेको एक सय शासकीय सुधार सम्बन्धि कार्ययोजनालाई अघि बढाउनका लागि योजनासहित अघि बढाइनेछ । सशष्त्र प्रहरी बलको कामलाई रचनात्मक ढंगले सहयोग गर्न पनि सबैसँग अनुरोध गर्दछु । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली, निष्पक्ष सरुवा–बढुवा र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गरिनेछ ।’ उहाँले अग्रजहरूले सुरु गरेका सकारात्मक र सुधारमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समय सापेक्ष परिमार्जन गर्ने अठोट समेत व्यक्त गर्नुभयो । महानिरीक्षक पौडेलले नेपाल सरकारको १०० दिने रणनीतिक सुधार योजना अनुरूप कार्ययोजना तयार गरी संगठनलाई जनउत्तरदायी र आधुनिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्न आफू दृढ संकल्पित रहेको बताउनु भयो ।

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन र मिसन रेडी फोर्स’ को रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमवार गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा उनले संगठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणालीलाई सुदृढ बनाइने बताएका छन् । सीमा सुरक्षालाई संगठनको मेरुदण्ड मान्दै अर्यालले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘बोर्डर इन्टेलिजेन्स’ को विकास गर्ने योजना अघि सारेका छन् । उनले सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) हरूको विस्तार, रणनीतिक तैनाथी र छिमेकी मुलुकका सुरक्षा निकायहरूसँग व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख गरेका छन् । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिकालाई अझ प्रभावकारी बनाउन कुरिनटार र मनाङमा रहेका तालिम शिक्षालयहरूको सुदृढीकरण गर्ने र नयाँ ‘फायर फाइटिङ ट्रेनिङ स्कुल’ स्थापनाका लागि पहल गर्ने उनको योजना छ । साथै, सशस्त्र प्रहरीको स्वास्थ्य सेवालाई विस्तार गर्दै अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल गर्ने उहाँले बताएका छन् । संगठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्वन गरिने महानिरीक्षक अर्यालले स्पष्ट पारेका छन् । सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न वृत्तिविकासको स्पष्ट खाका र कल्याणकारी कार्यहरूलाई प्राथमिकता दिइने उनले बताए । साथै, संगठनभित्रका आन्तरिक गुनासोहरूलाई आन्तरिक रूपमै सम्बोधन गर्ने संयन्त्रलाई सुदृढ बनाइने उनको भनाइ छ ।

उनले भने, ‘नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीको प्रभावकारी कार्यान्वयन र जनभावनाअनुसार जनताको जीउधनको सुरक्षाको सुनिश्चित गर्ने कर्तव्य पनि छ । म संविधान, कानून, राष्ट्रिय हित र जनअपेक्षालाई केन्द्रमा राखेर इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ यस जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । विगतमा गरिएको सुधारमूखि कार्यक्रमहरुलाई निरन्तरता दिँदै त्यसलाई समयसापेक्ष परिमार्जन र थप सुदृढिकरण गर्दै अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्दछु । नेपाल सरकारले जारी गरेको एक सय शासकीय सुधार सम्बन्धि कार्ययोजनालाई अघि बढाउनका लागि योजनासहित अघि बढाइनेछ । सशष्त्र प्रहरी बलको कामलाई रचनात्मक ढंगले सहयोग गर्न पनि सबैसँग अनुरोध गर्दछु । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली, निष्पक्ष सरुवा–बढुवा र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गरिनेछ ।’

उनले अग्रजहरूले सुरु गरेका सकारात्मक र सुधारमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समय सापेक्ष परिमार्जन गर्ने अठोट समेत व्यक्त गरेका छन् । महानिरीक्षक पौडेलले नेपाल सरकारको १०० दिने रणनीतिक सुधार योजना अनुरूप कार्ययोजना तयार गरी संगठनलाई जनउत्तरदायी र आधुनिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्न आफू दृढ संकल्पित रहेको बताएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?