Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

रामबहादुर बम्जन निर्दोष ठहर


काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा रामबहादुर बम्जनले अदालतबाट सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले अभियोग प्रमाणित हुन नसकेको ठहर गर्दै उनलाई निर्दोष घोषणा गरेको हो।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले आइतबार सुनुवाइ गर्दै बम्जनविरुद्ध दायर मुद्दामा पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकालेको हो। यसअघि वैशाख ८ गतेको आदेशमार्फत अदालतले अभियोग पुष्टि नहुने संकेत गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई २०८० पुस १४ गते काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउपछि उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्दै मुद्दा दर्ता गरिएको थियो।

लामो अनुसन्धान र कानुनी प्रक्रियापछि अन्ततः अदालतले प्रमाणको अभाव देखाउँदै बम्जनलाई सफाइ दिएको छ।


प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?