Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके अहिलेसम्म नदेखेको विकास हुनसक्छः सभामुख


सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले छोटो समयमा ठूलो फड्को मार्नसक्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार र संसदबीचको समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीको गतिअनुसार कानून निर्माण प्रक्रिया अघि बढाउने दाबी समेत गर्नुभयो । उहाँले आफ्नो कार्यकाल मुख्यतः कानून निर्माण तथा त्यसको कार्यान्वयनका लागि कार्यपालिकालाई निर्देशित गर्ने भुमिका प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कानून निर्माणदेखि मुलुकको भौतिक विकासलगायत शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मिलाएर काम गर्नुपर्नेछ । त्यसमा यहाँहरुको साथ, सहयोग र समर्थन रहिरह्यो भने मलाई लाग्छ छिटोभन्दा छिटो ठूलै फड्को मार्न सकिन्छ । जहिले जुन प्रधानमन्त्रीज्यूको दौड छ त्यही दौडमा लागिरहनुभएको छ कानून निर्माण पनि त्यही गतिमा गर्ने प्रतिवद्धता व्यक्त गरेको छु । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले एउटै स्पिरिटमा काम गरेभने मैले अनुमान गरेको दुई वर्षमा तपाई हामीले अहिलेसम्म नदेखेको विकास र तपाई हामीले अहिलेसम्म नदेखेको सुशासन देख्न सक्छौँ र भ्रष्टाचार अन्त्य हुन्छ । त्यसको लागि हामी सबैले मिलेर काम गर्नुपर्नेछ ।’ देश र नागरिकले जित्नेगरी अबको पाँच वर्ष मुलुकलाई अघि बढाउनुपर्नेमा उहाँको जोड छ ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले छोटो समयमा ठूलो फड्को मार्नसक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले सरकार र संसदबीचको समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीको गतिअनुसार कानून निर्माण प्रक्रिया अघि बढाउने दाबी समेत गरेका छन् । उनले आफ्नो कार्यकाल मुख्यतः कानून निर्माण तथा त्यसको कार्यान्वयनका लागि कार्यपालिकालाई निर्देशित गर्ने भुमिका प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

उनले भने, ‘कानून निर्माणदेखि मुलुकको भौतिक विकासलगायत शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मिलाएर काम गर्नुपर्नेछ । त्यसमा यहाँहरुको साथ, सहयोग र समर्थन रहिरह्यो भने मलाई लाग्छ छिटोभन्दा छिटो ठूलै फड्को मार्न सकिन्छ । जहिले जुन प्रधानमन्त्रीज्यूको दौड छ त्यही दौडमा लागिरहनुभएको छ कानून निर्माण पनि त्यही गतिमा गर्ने प्रतिवद्धता व्यक्त गरेको छु । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले एउटै स्पिरिटमा काम गरेभने मैले अनुमान गरेको दुई वर्षमा तपाई हामीले अहिलेसम्म नदेखेको विकास र तपाई हामीले अहिलेसम्म नदेखेको सुशासन देख्न सक्छौँ र भ्रष्टाचार अन्त्य हुन्छ । त्यसको लागि हामी सबैले मिलेर काम गर्नुपर्नेछ ।’

देश र नागरिकले जित्नेगरी अबको पाँच वर्ष मुलुकलाई अघि बढाउनुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: २० बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?