Trending
>>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

सरकारले सुकुम्बासीहरुलाई आतंकित बनायोः अखिल नेपाल सुकुम्बासी संघ


सरकारले सुकुम्बासीहरुलाई आतंकित बनायोः अखिल नेपाल सुकुम्बासी संघ

काठमाडौँ । सरकारले आम सुकुम्बासीलाई आतंकित बनाएको भन्दै अखिल नेपाल सुकुम्बासी संघले आपत्ति जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध सो संघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनम गरी सुकुम्बासीहरुलाई आतंकित बनाउने काम गरेको भन्दै सुकुम्बासी बस्ती हटाउने सरकारको कदमप्रति आक्रोश व्यक्त गरेको हो । खान र बस्न पाउने आम नागरिकको मौलिक हकको समेत धज्जी उडाउने गरी सरकारले सुकुम्बासी बस्ती हटाउने काम गरेकाले त्यसको विरोध गर्नुपरेको संघका अध्यक्ष अमर परियारले बताए । उनले सरकारको सो कदमको विरोधमा आफूहरुले देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष परियारले भने,‘अहिले देशमा एउटा आतंक मच्चिएको छ । सो आतंक अहिले देशव्यापी रुमपा छ । त्यो आतंक यति भयानक र भयभीत छ कि मानिसहरु घरबाट निस्कन डराउनुपर्ने, पत्रकार सम्मेलनमा आउन पनि डराउनुपर्ने विक्षिप्त हुनुपर्ने स्थिति सृजना गरिएको छ । हाम्रो देशको संविधानले भुमिसुधारको हक दिएको छ । सबै नेपालीलाई आवासको हक हुनेछ भन्ने कुरा संविधानमा नै उल्लेख गरिएको छ । यो हकलाई वञ्चित नगरिने पनि भनिएको छ । भूमिहीन दलितलाई एक पटकका लागि आवाससहित भूमिको व्यवस्था गर्ने संविधानमा व्यवस्था गरिएको छ । तर सरकारले संविधान र कानून विपरित उनीहरुको बस्ती नै हटाउने काम गरेर उनीहरुलाई आतंकित बनाउने काम गरिराखेको छ ।’

पत्रकार सम्मेलनमा बस्तीबाट हटाइएका सुकुम्बासीहरुलाई सरकारले होल्डिङ सेन्टरमा राखेपनि उचित व्यवस्था नहुँदा उनीहरुले पीडा भोग्नु परेको पनि बताएका थिए ।


प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?