Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

निर्वाचन प्रणाली सुधार नगरे मुलुकमा भ्रष्टाचार संस्थागत हुन्छः सांसद आचार्य


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलका सदस्य मोहनलाल आचार्यले विद्यमान निर्वाचन पद्धति अत्यन्त खर्चिलो भएको बताएका छन् ।

बिहीवार निर्वाचन पर्यवेक्षण निकायहरूद्वारा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले विद्यमान निर्वाचन पद्धति अत्यन्त खर्चिलो भएको बताएका छन् । उनले यसले राजनीतिमा सुशासनभन्दा विकृति निम्त्याएको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताएका छन् । सांसद आचार्यले वर्तमान निर्वाचन प्रणालीले इमानदार कार्यकर्ताभन्दा पनि ‘ठेकेदार’ र धनाढ्यहरूलाई मात्रै राजनीतिमा स्थान दिने खतरा बढेको प्रति चिन्ता व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा समेत प्रतिष्पर्धीहरूले ठूलो रकम खर्च गरेको दाबी गर्दै उनले आफूले भने ‘आदर्श कायम गर्न’ न्युनतम खर्चमा निर्वाचन लडेको बताए । सांसद आचार्यले नेपालमा निर्वाचन सम्बन्धी ७३ वटा कानूनहरू रहेको उल्लेख गर्दै त्यसलाई ‘कानुनी जङ्गल’ को संज्ञा दिएका छन् । उनले यी छरिएका कानूनहरूलाई एकीकृत गरी निर्वाचन आयोग, वकिल र सर्वसाधारण सबैले बुझ्ने गरी सरल बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचनका बेला मात्र प्रदान गरिने मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै उनले विद्यालय तहदेखि नै ‘निर्वाचन शिक्षा’ शुरु गर्नुपर्ने प्रश्ताव गरे । आफ्नो क्षेत्रमा १० प्रतिशतभन्दा बढी मत बदर भएको उदाहरण दिँदै उनले मतदान अधिकृतहरूको लापरबाही र मतदातामा चेतनाको अभावले लोकतन्त्र कमजोर हुने धारणा राखेका छन् । आगामी निर्वाचनमा प्रविधिको प्रयोग अपरिहार्य रहेको भन्दै सांसद आचार्यले ‘डिजिटल भोटिङ’, ‘आउट अफ कन्ट्री भोटिङ’ (विदेशमा रहेका नेपालीका लागि मतदान) र ‘आउट अफ स्टेसन भोटिङ’ (आफ्नो क्षेत्र बाहिर रहेकाहरूका लागि मतदान) को व्यवस्था गर्न माग गरे । ४० लाखभन्दा बढी सचेत युवाहरू वैदेशिक रोजगारीमा रहेको र उनीहरूलाई मताधिकारबाट वञ्चित गर्न नहुने उनको तर्क छ ।

उनले भने, ‘यदि १० देखि १५ करोड खर्च गरेर चुनाव जितिन्छ भने, निर्वाचित प्रतिनिधिले त्यो लगानी उठाउन भ्रष्टाचारको बाटो रोज्नुपर्ने अर्थशास्त्रको सामान्य नियम जस्तै भएको छ । मतदाता शिक्षा चुनावको अन्तिम समयमा गरिने विषय हो, तर नागरिकलाई निर्वाचन प्रणाली र जनप्रतिनिधिको भूमिका बुझाउन निरन्तर शिक्षा आवश्यक छ ।’

संविधान संशोधन कार्यदलका सदस्य समेत रहनुभएका आचार्यले शासकीय स्वरूपमा परिवर्तन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने बारेमा छलफल भइरहेको बताएका छन् । सांसद आचार्यले पर्यवेक्षण निकायहरूले दिने सुझावहरूलाई केवल औपचारिकतामा सिमित नगरी कार्यान्वयनमा ल्याउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरे । आफू राजनीतिमा विज्ञका रूपमा मात्र नरही मुलुकको नीतिगत सुधार र सुशासनका लागि आएको भन्दै उहाँले यसका लागि आफ्नो पार्टी निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?