Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने


काठमाडौँ । चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ ।

चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधवार औपचारिक रूपमा सम्पन्न भएसँगै चक्रपथ विस्तारको काम अघि बढ्न बाटो खुलेको हो । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदुत झांग माओमिंगबीच बुधबार यससम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिव ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

यसअघि सन् २०१९ देखि शुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । चक्रपथको दोस्रो खण्डमा ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेको छ । हाल बसुन्धारासम्म मात्र विस्तार गर्न लागिएको छ । चक्रपथको दोस्रो खण्डको विस्तारमा चिनियाँ पक्षले आनाकानी र अलमल गर्दै आइरहेको थियो ।

कलंकी–महाराजगञ्ज क्षेत्रको सडक विस्तारका लागि नेपाल र चीन सरकारबीच २०७४ फागुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार विस्तारको काम दुई वर्षभित्र सम्पन्न हुनुपर्ने थियो तर ८ वर्षसम्म पनि काम नै सुरु हुन सकेको थिएन । यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलंकी सडक ८ लेनमा विस्तार भइसकेको छ । जसको दुरी १०.३९ किलोमिटर छ । यो सडक खण्ड २०७५ माघमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

सन् १९७७ मा चीन सरकारकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण भएको थियो । कोटेश्वर–कलंकी सडक चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको थियो । पहिलो खण्ड चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० मा विस्तार थालेको थियो । विस्तारको काम २०७३ माघसम्म सक्ने भनिए पनि दुईवर्ष ढिलोगरी २०७५ माघमा हस्तान्तरण भएको थियो । यो खण्ड विस्तारको लागत ३१ करोड २० लाख चिनियाँ युआन रहेको थियो ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरेका छन् । चिनियाँ राजदुत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए  । उनले नेपालको विकासमा चिनियाँ सहयोग सधैँ रहने समेत बताएका छन् ।


प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?