Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

थापाथलीमा आँसु र अनिश्चितताको बिदाइः बस्ती खाली गरिँदै (तस्बिरहरु)


काठमाडौँ । सरकारले शुक्रवार साँझसम्म बस्ती खाली गर्न परिपत्र गरेसँगै थापाथलीस्थित सुकुम्वासीहरूले आफ्ना अमूल्य सामानहरू सार्न शुरु गरेका छन् ।

वर्षौंदेखि बसेको झुपडी, जोगाएर राखिएका साना–साना खुशीका पाटाहरू र नानीबाबुहरूको भविष्य—सबै एउटै सानो झोलामा अटाउन खोज्दा त्यहाँको परिदृश्य अत्यन्तै हृदयविदारक देखिएको छ । कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् भने कोही अब कहाँ जाने भनेर चिन्तामा छन् । उनीहरु भन्दैछन् की हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि अर्कै केही ? मानिसहरू हतार–हतार आफ्ना जस्तापाता, काठका फल्याक र किचनका भाँडाकुँडा ट्याक्टर र रिक्साहरूमा लोड गरिरहेका छन् ।

कतिपयले त आफ्नो घर आफैँले भत्काउन शुरु गरेका छन्, मानौँ उनीहरू आफ्नो पुरानो पहिचानलाई आफैँ मेट्न बाध्य छन् ।


प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?