Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि


सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनको पहिलो बैठकको कार्यसूचि र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिएका छन् । उनकाअनुसार प्रतिनिधि सभाको बिहीवारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रश्ताव पेश हुनेछ । बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उनले बताए । साथै हाउसको पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया शुरु गरिनुका साथै शिर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ ।

उनले भने, ‘हाउसको पहिलो बैठक कसरी सञ्चालन गर्ने र के के कार्यसूचि राख्नेबारेमा छलफल भयो । कतिपय कुराहरु हामी छलफलबाट टुंग्याएर निस्किएका छौँ । सभा सञ्चालनको लागि आवश्यक संसद नियमावलीलाई प्रतिस्थापन गर्ने सहमति भएको छ । तर नयाँ नियमावली नबन्दासम्म हाल रहेकै नियमावलीलाई टेकेर बैठक सञ्चालन गर्ने कुरा पनि भएको छ । यो सभाको पहिलो बैठकमै प्रश्ताव भएर अगाडि बढ्छ । सभामुखको निर्वाचनसम्बन्धी प्रश्ताव सभाको पहिलो बैठकमा प्रश्ताव हुने, २० गते मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा हामीले छलफल गर्यौँ । बौठकमा कार्यव्यवस्था परामर्श समिति गठन र अध्यक्षता गर्ने सदस्यहरुको चयन गर्ने कुरामा पनि छलफल भयो । त्यसैगरी प्रतिनिधि सभाको पहिलो बैठकबाट जेन—जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यसूची पनि राख्ने सहमति भयो । बैठकमा दलका शीर्ष नेताहरुले शुभकामना दिने कुराहरु पनि छ । त्यसमा समय निर्धारण गरेर अगाडि बढ्ने तयारी गरेका छौँ ।’

सभाको पहिलो बैठकमा गत भदौ अन्तिम साताको जेन—जी आन्दोलनका शहीदहरुप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी प्रमुख सचेत खुश्बु ओलीले संसदको नियमावली संशोधन गर्नेबारे सबै दलहरु सकारात्मक रहेको बताएका छन् । उनले कार्यव्यवस्था परामर्श समितिमा सबै दलहरुको समान सहभागिता रहनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताएका छन् ।
उनले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी समन्वय र सहकार्यसहित प्रभावकारी उपस्थिति जनाउने बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?