Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

जर्मन लगानीकर्तालाई कार्यवाहक राजदुत फुँयालको आग्रह: ढुक्क भएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुहोस्


बर्लिन । जर्मनीका लागि कार्यबाहक नेपाली राजदूत सागर प्रसाद फुँयालले नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन् । मंगलबार बर्लिनमा आयोजित “नेपाल साँझ”लाई सम्बोधन गर्दै उनलेे नेपालको पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताँउदै यस्तो आग्रह गरेका हुन् ।

उनले पर्यटन नेपालको प्रमुख आर्थिक कूटनीतिको रुपमा रहेको बताए । नेपाल -जर्मन लामो कुटनैतिक सम्बन्ध भएको मुलुक रहेको भन्दै जनस्तरको सम्बन्ध प्रगाढ बनाउन र लगानीको लागि उपयुक्त वातावरण बनाउन आवश्यक रहेको बताए ।

कार्यवाहक राजदूत फुयाँलले नेपालको प्राकृतिक सुन्दरता तथा संस्कृती पर्यटन विकासको महत्त्वपूर्ण आयाम रहेकोमा जोड दिए । उनले नेपाल दिगो पर्यटन विकासको लक्ष्यका साथ अगाडि बढिरहेको र पर्यटन पुर्वाधारमा लगानी गरिरहेको बताए । साथै नेपालमा वैदेशिक लगानीका अवसरहरू रहेको बताए । साथै  नेपाल र जर्मनीबीचको जनस्तरको सम्बन्धलाई जोड्नु आवश्यक रहेकोमा उनको जोड थियोे ।  उनले नेपाल आकर्षक गन्तव्य रहेकाले नेपाल भ्रमणका लागि आग्रह गरे । “नेपालको पर्यटन क्षेत्रका लागि जर्मनी महत्त्वपूर्ण स्रोतको रुपमा रहेछ । नेपालले दिगो पर्यटन विकासको लक्ष्यका साथ पर्यटन पूर्वाधार विकास गर्दै अगाडि बढिरहेको छ ,”उनलेे भने,” म जर्मनीका व्यावसायि तथा लगानीकर्तालाई निश्चिन्त भएर नेपालमा लगानीका लागि आग्रह गर्दछु ।”

बर्लिनमा जारी पर्यटन मेला ‘आईटीबी बर्लिन २०२६’ को अवसरमा दुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा “नेपाल साँझ “आयोजना गरिएको थियोे ।

 


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?