Trending
>>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना


भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको हो । जेन–जी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन काँग्रेस तयार रहेको उहाँको भनाइ छ । उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरुसँग क्षमा पनि माग्नुभयो । सभापति थापाले २००७, २०४६ र २०६३/६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सकेमात्र त्यसप्रति गौरव गर्न सकिने भन्दै उहाँले जेनजी युवाको भावनाअनुसार पार्टी अगाडि बढ्ने प्रतिज्ञा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २३ गते सरकारको तर्फबाट गल्ति भएकै हो । हामी पनि त्यो समय सरकारमा थियौँ । आफ्नो कमजोरीको जिम्मा हामीले लिनुपर्छ । हामी लिन्छौँ । हामी त्यो आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुसँग क्षमा माग्छौँ । हामी २००७, २०४६, २०६३/६४ सालको आन्दोलनको गौरव गर्छौं । भदौ २३ र २४ मा जुन माग लिएर युवाहरु आन्दोलनमा आए । ती मागहरु पूरा गर्नसके मात्र हामी त्यसप्रति गौरव गर्छौँ ।’

उहाँले अगामी दिनहरुमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?