Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन


गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आउँदो निर्वाचनलाई लक्षित गर्दै गोरखा–१ अन्तर्गत चुमनुब्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । उनले ‘विकास, इमानदारी र परिवर्तन’को सन्देशसहित अभियानको पहिलो दिन स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने बताएका छन् ।

अभियानको सुरुआत गर्दै  उनले यो यात्रा कुनै पदको लोभका लागि नभई गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीबाट प्रेरित भएको बताए। वीरभूमि गोरखाले दिएको इतिहास, पहिचान र संस्कारलाई सम्मान गर्दै अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विकास, सुशासन र इमानदार सेवामार्फत जनताको भरोसा जित्ने अठोट व्यक्त गर्दै स्थानीयवासीको साथ, विश्वास र आशीर्वाद नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गरे। अभियानलाई गोरखाको सम्मान, समाजको भविष्य र देशको हितका लागि साझा यात्रा बनाउने आह्वान गरिएको बताएका छन् ।

गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन

प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?