Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन


विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा पौडेल–घिमिरे चयन

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनले प्रदीप पौडेल र गुरुराज घिमिरेलाई पार्टी महामन्त्री पदमा चयन गरेको छ। आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनले बुधबार दुवै नेतालाई सर्वसम्मत रूपमा महामन्त्रीको जिम्मेवारी सुम्पिएको हो।

महामन्त्री पदका लागि आज बिहान उम्मेदवारी दर्ता खुला हुँदा पौडेल र घिमिरे बाहेक अन्य कुनै उम्मेदवार नपरेपछि उनीहरू निर्विरोध चयन भएका हुन्। पार्टी संगठन सञ्चालन र भावी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण भूमिकामा अब दुवै नेताले नेतृत्व गर्नेछन्।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको औपचारिक मागपछि विशेष महाधिवेशन आह्वान गरिएको थियो। आन्तरिक एकता सुदृढ गर्ने र नेतृत्व संरचना स्पष्ट पार्ने उद्देश्यका साथ आयोजना गरिएको महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया सहज रूपमा टुंग्याएको कांग्रेसले जनाएको छ।

नेतृत्व चयनसँगै कांग्रेसभित्र संगठन सुदृढीकरण, नीति निर्माण र आगामी राजनीतिक कार्ययोजनामा नयाँ गति आउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: १ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?