Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल


पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । पार्टीले सामूहिकतामा विश्वास गर्ने भएकाले पनि व्यक्तिको प्रचारमा जोड दिन नहुने उहाँको तर्क थियो । सहसंयोजक नेपालले पार्टीका नेताहरुले गरेका राम्रा कामको प्रचार र नराम्रा कामको जिम्मेवारी लिने परिपाटी पनि स्थापित गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमालेप्रति लक्षित गर्दै व्यक्तिको प्रशंशा गर्दा पार्टीको हालत कमजोर हँदै गएको जिकिर गर्नुभयो । सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने गरी अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पार्टीमा राम्रो कामको प्रचार गर्नुपर्छ । कमजोरी भए जिम्मा लिनुपर्छ । कमजोरी भएका छन भने त्यसको जिम्मा लिनुपर्छ । यसको अर्थ यो होइन कुनै नेता विशेषको प्रचार । यो पार्टीको प्रचार हो । यो पार्टी सामुहिकतामा विश्वास गर्दछ । त्यसो हुनाले हामी विभिन्न पार्टीको हालत देखिरहेका छौ । त्यसबाट हामीले सिक्नुपर्ने आवश्यक्ता पनि छ । विगतका एकताको प्रक्रियाबाट पनि हामीले सिक्नुपर्ने हुन्छ । जतिजति व्यक्ति, समूह, घटकहरु प्रवेश गर्दै जाने स्थिति बन्छ । त्यत्तिकै मात्रामा प्रशिक्षणको पनि आवश्यक्ता पर्दछ । प्रशिक्षण दिईसकेपछि एकरुपले अघि बढने स्थिति बन्छ । म यति भन्न चाहन्छु–नेपाली जनताको आशा, भरोसाको केन्द्र यस पार्टीलाई बनाउने कुरा पनि आगामी दिनमा चुनौतिपूर्ण छ ।’

सहसंयोजक नेपालले पार्टीमा प्रवेश गरेका विभिन्न घटकहरुलाई एकतावद्ध गरेर लैजानका लागि प्रशिक्षणलगायतका कार्यक्रमलाई जोड दिनुपर्ने समेत बताउनु भयो ।


प्रकाशित मिति: १ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?