Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने


एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने

काठमाडौँ। न्यु डायमण्ड स्पोटर््स युथ क्लव र नेपाल पुलिस क्लव नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्पm उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी च्याम्पियनसिपमा विभागीय टोली पुलिस र न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेका हुन् । यी दुई बीच शनिवार उपाधि भिडन्त हुनेछ । शुक्रवार भएको सेमिफाइनलमा न्यु डायमण्डले एपिएफलाई र पुलिसले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो । दोस्रो सेमिफाइनलमा त्रिभूवन आर्मी क्लबले विभागीय डर्बीमा पुलिसलाई चुनौती दिने प्रयास गरे पनि सफल भएन । दोस्रो सेट मात्र प्रतिष्र्धात्मक बन्यो । खराब डिफेन्स सामना गरेपछि आर्मीले पुलिससँग ३–१ को सेटमा हार व्यहो¥यो ।

पुलिसले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो सेटमा २९–३१ ले गुमाउन पुग्यो त्यसपछिका सेटमा पुलिसले पुनरागमन गर्दै २५/१४ र २५/१८ को जित निकाल्यो । यससँगै पुलिसले उपाधिका लागि न्यु डायमन्डसँग भेट पक्का ग¥यो । पहिलो सेमिफाइनलमा न्यु डायमन्डले शुक्रबार नै अर्को विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतिभा माली सम्मिलित न्यु डायमण्डलाई एपिएफले कुनै सेटमा पनि चुनौती दिन सकेन । न्यु डायमन्डले पहिलो सेट २५/१७ ले सहजै आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २५/२० ले जितेको न्यु डायमण्डले तेस्रो सेट २५/७ ले आफ्नो आफ्नो बनायो ।

पुरुषतर्पm हेल्प नेपाल स्पोटर््स क्लब र रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले शनिबार नै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । हेल्प नेपाल र रुकुम पश्चिम दुवै टोलीबाट समान तीन जना भारतीय खेलाडीले प्रतिस्पर्धा गरेका छन् । शुक्रवार सम्पन्न सेमिफाइनलमा हेल्प नेपाल र रुकुम पश्चिम दुवैले विभागीय टोलीलाई पन्छाएका हुन् । हेल्प नेपालले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो । राखेप कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले पुलिसको चुनौती २५/२१, २५/२३, २५/२२ ले पन्छायो । दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरले पहिलो सेट गुमाएको थियो । तर त्यसपछि पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको हो । आर्मीको चुनौती रुकुम पश्चिमले ३–१ ले समाप्त पा¥यो ।


प्रकाशित मिति: १८ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?