Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ?


झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ?

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पती जलाउनेहरु अपराधी भएको बताउनु भयो । उनीहरुलाई अन्तरिम सरकारले के गर्छ ? भन्दै प्रश्न गर्नुभयो । अपराधीहरुले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ? उहाँको प्रश्न छ । निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको सम्पती जलाउनेहरु अपराधी हुन् की होइनन् । यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् की होइनन् ? यो सरकारले तिनीहरुलाई कारबाही गर्नुपर्छ की पर्दैन ? अनि ति अपराधीहरुले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा । के चुनाव हुन्छ होला, चुनाव भयो भनेपनि के परिणाम आउँछ होला । यो बढो संकटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरु तयार गर्नुपर्नेछ । ९० हजार बुलेटहरु कब्जा भएका छन् । फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन् ।’

देशको निम्ति हित हुने शिक्षा जरुरी रहेको बताउनु भयो । शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । राष्ट्रिय शिक्षा नीति नै परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।


प्रकाशित मिति: २३ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?