Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप


महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप

काठमाडौँ। नेपाली काँग्रेसले पार्टी केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रिय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यही पुसमा प्रश्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरिएको बताउनुभयो । उहाँकाअनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पास गरिएको हो ।

उहाँले भन्नुभयो, ‘बैठकले पार्टीको केन्द्रीय समितिको म्याद अगामी जेठ मसान्तसम्म थपिएको छ । पुसमा प्रश्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरेका छौँ । बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पास भएको छ । बिचमा पार्टीको क्रियाशील सदस्यताका टुंग्याउन सम्भव नहुने भएको कारण र आम निर्वाचन पनि अगामी फागुन २१ मा हुने भएको कारण कार्यतालिका परिमार्जन गर्नुभएको हो । यद्धपी यसमा केही साथिहरुको फरक मत आएको छ । उहाँहरुले आफ्नो कुरा आफैं राख्नुहोला ।’

यद्यपि पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विषेश महाधिवेशन आह्वान गर्ने भन्दै तयारी बस्न १४ औँ महाधिवेशनका प्रतिनिधिहरुलाई तयारीमा बस्न आग्रह गरेको छ ।


प्रकाशित मिति: १८ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?