Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे


मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताएका छन् ।

सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले मन्त्रीहरुले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताएका छन् । अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताएका छन् । उनले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने बताउदै निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको जिकिर गरेका छन् ।

उनले भने, ‘यो निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकाको हो । तपाईंहरुका बोलीले निर्वाचन भाँडिँदै छ । किन बोल्नुपर्छ र ? मैले मन्त्रीहरुलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरु भनेको बलेँनी जस्तै हो । बलेनीको ढुंगा जस्तो हो मन्त्री भनको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ । ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् । अहिले धेरै नबोल्नुस् । अहिले बोल्ने होइन । तपाईंहरुलाई एउटा ऐतिहासिक जिम्मेवारी दिएको छ । निर्वाचन गराउने । स्वच्छ, निष्पक्ष निर्वाचन गराउने दायित्व तपाईंहरुको हो । नत्र भने मन्त्री भएर नबस्नुस् ।’

उनले सरकारको ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्दै सरकारले नयाँ नयाँ कुराहरु गर्न शुरु गरे काम नहुने बताएका छन् ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?