काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले वास्तविक माओवादी आफूहरु नै रहेको दाबी गरेका छन् ।
वागमती प्रदेश कमिटिको आयोजनामा बिहीवार भएको कार्यक्रममा उहाँले असली माओवादी आफूहरु भएपनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताएका छन् । उनले जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफुहरु भएको जिकिर गरे । ११ वर्षको संर्घष पछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उनको भनाई छ । गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरु पार्टीहरुसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको बताएका छन् । दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको उनको आरोप छ । उनले माओवादीलाई समाप्त पार्ने डिजाईन भएको बुझेर नै माओवादीलाई आफूहरुले पुनः ब्राण्डिङ गर्न लागेको बताए । माओवादी देशको विचारधारात्मक शक्ति, ब्राण्ड, नेपाली श्रमिक जनताको धड्कन भएको उनको भनाई छ । नेपाली जनताको मनमनमा माओवादी, माओवादीको जनयुद्द र विचार भएको दाबी गरे । माओवादीको नाम निशाना नराख्ने साम्राज्यवादीहरुको डिजाईनलाई असफल भएको उनको भनाई छ ।
उनले भने, ‘रियलमा माओवादी हामी थियौँ । जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट आफू निर्देशित र नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गरेर सञ्चालन गर्ने पार्टी र लिडरसीपको टीम भनेको हामी नै थियौँ । तर मलाई कस्तो लाग्छ भन्दाखेरी सार र रुपको म्याचिङ गर्नको लागी हामीले ११ वर्ष संर्घष गर्नुप¥यो । ११ वर्षपछि हामी जे थियौँ त्यही आफूलाई प्रश्तुत गर्न हामीलाई वातावरण बन्यो । विशेष गरेर गत कात्तिक १९ गते प्रचण्डजीले जसरी माधव नेपाल लगायतका अरु पार्टीहरुसंग एकता गर्नुभयो र त्यो एकतामा माओवाद पनि उहाँले परित्याग गर्नुभयो, माओवादी पनि परित्याग गर्नुभयो र माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि उहाँको निम्ति सह्य भएन । यो घटना सामान्य थिएन । १९ गतेदेखि हामीले मंसिर २ गते निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया पूरा गरेर हामीले प्रमाणपत्र लिएका थियौँ । १५ गतेदेखि १ गतेसम्मको बीचको विकसित घटनाक्रम र त्यसमा पनि कम्युनिष्ट आन्दोलनमा र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसंग सम्बन्धित घटेका घटनाक्रमहरुलाई विशेष ढंगले हेर्दै लाष्टमा एउटा संस्लेषण, निष्कर्षमा पार्टी पुग्यो र हामीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को रुपमा आफूलाई प्रश्तुत गरेका छौँ ।’
उनले वर्तमान सरकारलाई अमेरिकी साम्राज्यवादको कठपुतली भएको आरोप पनि लगाएका छन् । जेनजी आन्दोलनलाई साम्राज्यवादी शक्तिहरुले हडप्न खोजेको उल्लेख गर्दै उनले त्यसलाई माओवादीले सफल हुन नदिने बताएका छन् ।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार