Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा


काठमाडौँ। अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रमा उहाँले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रमा बढेको बताएका छन् ।

काफ्लेकाअनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बिमाले नै निर्णय भुमिका खेल्ने समेत बताए । उनकाअनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरु भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको उनले बताएका छन् ।

निर्देशक काफ्लेले भने‘गएको वर्ष सेवा लिनेको संख्या १ करोड २५ लाख छ । औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएको पनि देखिन्छ । २५ लाख मान्छेले एकपटक अस्पताल गएका छन् । औषतमा ५ पटक एउटा मान्छेले अस्पतालमा पुगेर सेवा लिएको देखिन्छ । यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । अबको ५ वर्षपछि हामीले कल्पना गरेको भन्दा भिन्न अवस्थामा स्वास्थ्य बीमा पुग्नेछ । त्यतिबेला गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बीमाले नै निर्णय भुमिका खेल्नेछ । अहिले पनि नेपालमा करिव १० अर्ब बराबरको औषधि खरिदको काम स्वास्थ्य बीमाबाट गर्ने गरिएको छ । यसलाई हामीले सेन्ट्रर पर्चेजिङको बाटो समाउन सक्यौँ र राज्यले त्यो प्रकारको कानून बनाउने हो भने अहिले नै हामीले बजारमा औषधिको मूल्य नियन्त्रणमा राख्नसक्ने स्थिति छ । नागरिकको सेवा सुविधालाई सहज बनाउन सक्ने स्थीति रहन्छ । भोलि दिनमा यो खालको वातावारण हामी सबैको सहयोगमा बन्छ ।’

काफ्लेकाअनुसार नयाँ दररेटहरु निर्धारण गर्ने समेत तयारी छ । अहिलेका प्याकेजहरुलाई समेत सुधारेर अघि बढिनेछ भने अब प्रत्येक स्वास्थ्य सेवा सुविधाको बारेमा यसै आर्थिक वर्षबाटै क्याम्पेन सञ्चालन गरिनेछ । अहिले स्वास्थ्य सेवा उपलव्ध गराएका अस्पताललाई समयमै भुक्तानी गर्न स्रोतको चरम अभाव परिरहेको छ । बीमा कोषलाई बलियो बनाएर प्रभावकारी रुपमा सेवा सञ्चालनका लागि गृहकार्य भएको उनले बताएका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?