Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता


काठमाडौँ। अन्तरिम सरकाका युवा तथा खेलकुदमन्त्री व्यवहारमा लागू नगरेसम्म लैङ्गिक हिंसा हट्न नसक्ने बताएका छन् ।

खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले लैङ्गिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताए । लैङ्गिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार र जीवनबाट शुरु गर्न जरुरी रहेको उनको भनाइ छ । बोलेर हिँड्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘लैङ्गिक हिंसाको कुराकानी जुन गरिरहेका छौँ । हिंसा हुन नदिन हामीले हाम्रो व्यवहारमा कतिको लागू गरिरहेका छौँ । त्यसमा निर्भर रहन्छ । हामीले हाम्रो जीवन र व्यवहारमा अपनाउने हो भने हिंसा हुँदैन । लैङ्गिक हिंसा हटाउन हामीले आफ्नो व्यवहारमा लागू नगरेकै कारण यो समस्या आएको हो । बोलेर मात्रै छोड्ने कुराले यो लागू हुँदैन । विभेदको कुरामा कसरी काम गर्नसक्छौँ त्यो हामी गर्नेछौँ । बजेट पनि छुट्याइएको रहेछ, त्यसमा हामी लाग्नेछौँ ।’

मन्त्री गुप्ताले विभेद अन्त्य गर्न सरकारले बजेट छुट्याएको र त्यसअन्तर्गत कार्यक्रम बनाएर आफू अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?