Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको निरीक्षण तथा अवलोकन गरेकी छिन् ।

केही समयअघि जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुगेकी हुन् । निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरिन् । उनले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट हेरेकी थिइन् ।संसद सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

जेन–जी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो । पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिएकी छैनन् । यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन गरेकी थिइन् ।


प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?