Trending
>>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको निरीक्षण तथा अवलोकन गरेकी छिन् ।

केही समयअघि जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुगेकी हुन् । निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरिन् । उनले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट हेरेकी थिइन् ।संसद सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

जेन–जी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो । पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिएकी छैनन् । यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन गरेकी थिइन् ।


प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?