Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले वास्तविक माओवादी आफूहरु नै रहेको दाबी गरेका छन् ।

वागमती प्रदेश कमिटिको आयोजनामा बिहीवार भएको कार्यक्रममा उहाँले असली माओवादी आफूहरु भएपनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताएका छन् । उनले जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफुहरु भएको जिकिर गरे । ११ वर्षको संर्घष पछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उनको भनाई छ । गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरु पार्टीहरुसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको बताएका छन् । दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको उनको आरोप छ । उनले माओवादीलाई समाप्त पार्ने डिजाईन भएको बुझेर नै माओवादीलाई आफूहरुले पुनः ब्राण्डिङ गर्न लागेको बताए । माओवादी देशको विचारधारात्मक शक्ति, ब्राण्ड, नेपाली श्रमिक जनताको धड्कन भएको उनको भनाई छ । नेपाली जनताको मनमनमा माओवादी, माओवादीको जनयुद्द र विचार भएको दाबी गरे । माओवादीको नाम निशाना नराख्ने साम्राज्यवादीहरुको डिजाईनलाई असफल भएको उनको भनाई छ ।

उनले भने, ‘रियलमा माओवादी हामी थियौँ । जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट आफू निर्देशित र नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गरेर सञ्चालन गर्ने पार्टी र लिडरसीपको टीम भनेको हामी नै थियौँ । तर मलाई कस्तो लाग्छ भन्दाखेरी सार र रुपको म्याचिङ गर्नको लागी हामीले ११ वर्ष संर्घष गर्नुप¥यो । ११ वर्षपछि हामी जे थियौँ त्यही आफूलाई प्रश्तुत गर्न हामीलाई वातावरण बन्यो । विशेष गरेर गत कात्तिक १९ गते प्रचण्डजीले जसरी माधव नेपाल लगायतका अरु पार्टीहरुसंग एकता गर्नुभयो र त्यो एकतामा माओवाद पनि उहाँले परित्याग गर्नुभयो, माओवादी पनि परित्याग गर्नुभयो र माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि उहाँको निम्ति सह्य भएन । यो घटना सामान्य थिएन । १९ गतेदेखि हामीले मंसिर २ गते निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया पूरा गरेर हामीले प्रमाणपत्र लिएका थियौँ । १५ गतेदेखि १ गतेसम्मको बीचको विकसित घटनाक्रम र त्यसमा पनि कम्युनिष्ट आन्दोलनमा र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसंग सम्बन्धित घटेका घटनाक्रमहरुलाई विशेष ढंगले हेर्दै लाष्टमा एउटा संस्लेषण, निष्कर्षमा पार्टी पुग्यो र हामीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को रुपमा आफूलाई प्रश्तुत गरेका छौँ ।’

उनले वर्तमान सरकारलाई अमेरिकी साम्राज्यवादको कठपुतली भएको आरोप पनि लगाएका छन् । जेनजी आन्दोलनलाई साम्राज्यवादी शक्तिहरुले हडप्न खोजेको उल्लेख गर्दै उनले त्यसलाई माओवादीले सफल हुन नदिने बताएका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?