Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे?


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बालुवाटारबाट भागेको भन्ने टिप्पणी आउने गरेको भन्दै नभागेको भए के गर्नुहुन्थ्यो ? भन्दै जेन-जी नेताहरुलाई प्रश्न गरेका छन् ।

बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमाउनले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गरेका छन् । उनले जाँचबुझ आयोगको मनशाय के छ भन्नेकुरा सञ्चारमाध्यमहरुमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरुबट पुष्टी भइसकेको समेत बताएका छन् । वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानकि सरकार भएको समेत उनको आरोप छ । उनले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको समेत टिप्पणी गरेका छन् । उनले समय एकनासले नचल्ने उल्लेख गर्दै होस गरेर अगाडि बढ्न समेत सरकारलाई चेतावनी दिएका छन् ।

उनले भने, ‘बयान दिन जाने नजाने मेरो कुरा हो । कानूनी व्यवस्था के छ मैले नि हेरेको छु । उहाँहरुले मनसाय के छ भन्ने कुरा त मिडियामा बोलेको कुरा सुनेको छु । मलाई जनताले माया गरेका छन् । विरोधीले लखेटेका छन् । न म माया गरेर यहाँ छु न त विरोध गरेर सक्किएको छु । उनीहरु चाँही सक्कियो भन्ने ठान्छन् । सुशीला कार्कीजीहरुले जुन सम्झौता भनेर ड्रामा गर्नुभयो । त्यो भनेर टुंगिदैन । उहाँ अन्तरिम सरकार मात्रै होइन असंवैधानिक पनि हो । उहाँलाई निर्वाचन गर्न पो नियुक्त गरिएको हो । कुन प्रतिष्ठान मास्ने के गर्ने ? भनेर होइन । उहाँहरुलाई यत्ति भन्न चाहान्छु कि– फागुन २१ गतेपछि फागुन २२ आउँछ । सुशीलाजीमा गएर टक्क समय रोकिने होइन । त्यही भएर होस् गरेर चल्न म उहाँहरुलाई आग्रह गर्न चाहन्छु । उहाँहरुको क्रियाकलाप गैरकानूनी र प्रतिशोधपूर्ण छ । त्यसकारण त्यो सम्झौताका दफाहरुमा पस्नुपर्ने जरुरी नै छैन ।’

उनले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको समेत आरोप लगाएका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?