Trending
>>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण


हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारमा सर्वोच्च अदालतको आदेशविपरित स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुको सरोकारवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले सडक सीमा क्षेत्रमा निर्माण भएका घर संरचना नभत्काउन सर्वोच्च अदालतको आदेशलाई समेत अवज्ञा गर्दै सडक विस्तार कार्य अगाडि बढाएर मानव अधिकारको उल्लङ्घन गरेको भन्दै सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दवासिनी कंसाकारले पूर्वसूचना समेत नदिई मानव अधिकारको आधारभुत मूल्य र मान्यता समेत पालना नगरी मध्यराती घरहरुमा डोजर चलाइएको भन्दै आपत्ति जनाएकी छिन् ।

उनले भनिन्, ‘बिना नम्बरप्लेटको डोजरहरु लिएर उहाँहरुले गैरकानूनी रुपमा घर भत्काउनुभएको छ । मान्छे सुतिरहेकै बेलामा मान्छेलाई एकपटक सूचना समेत नदिइकन नियतबस उहाँहरुले घर भत्काउनुभयो । मानव अधिकारको उल्लङ्घन गर्नुभएको छ । यो कुरा स्वीकार्य छैन । हेटौँडाको जनताका लागि राज्य कहाँ छ ? राज्यले विध्वंश मच्चाउने सरकारी कर्मचारीहरुलाई कानूनी कारबाही गर्छ कि गर्दैन ?’

हेटौँडा–१५ रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुल तथा बुद्ध चोकदेखि सामरी पुल सम्मको ९.५ किलोमिटर क्षेत्रमा एशियन हाइवेको मापदण्ड अनुसार सडक सीमा (२५–२५ मिटर) खाली गराउने अभियानका लागि संरचना हटाउने काम थालिएको थियो । प्रशासनले २५–२५ गज (२२.५ मिटर) क्षेत्रमा निर्माण भएका संरचना हटाउने गरी जेसिवी प्रयोग गरेर घर टहरा भत्काउने काम गरेको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?