Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पोखरा नगरसभामा विभेदको विरोध


दलित महिला सदस्यमाथि जातीय दुव्र्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । मङ्गलबार सुरु भएको महानगरपालिकाको १२औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन् ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहनुभएको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर जातीय विभेदविरुद्ध लेखिएका पर्चा देखाएका थिए । उनीहरूले महानगरप्रमुख धनराज आचार्यलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् । समारोहमा समय लिएर बोल्दै नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्माले जातीय विभेद झल्कने गरी वडाध्यक्ष अधिकारीले दलित महिला सदस्यमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको बताउनुभयो । उहाँले उक्त दुव्र्यवहारको घटना भत्सर्नायोग्य रहेको भन्दै पीडितले न्याय र पीडिकले सजाय पाउनुपर्ने धारणा राख्नुभयो । यही पुस १८ गते वडाको चालु आवको लक्षित बजेट विनियोजनका विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारीले वडासदस्य नेपालीमाथि जातीय आधारमा भेदभावजन्य व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।

उक्त घटनालाई लिएर नगरसभा सदस्य नै विरोधमा उत्रेपछि केहीबेर नगरसभा प्रभावित बनेको थियो । आफूमाथि जातीय भेदभाव र दुव्र्यवहार भएको भन्दै वडासदस्य नेपालीले दिएको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष अधिकारीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रकाशित मिति: २७ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?