Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ


चितवन। सहज, पहुँचयोग्य र सहुलियत दरमा स्पाइनल इन्जुरीका बिरामीहरूलाई पुनस्र्थापना सेवा दिने उद्देश्यले ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

चितवनको नारायणगढ न्युरोडमा स्पाइनल इन्जुरी संघ नेपाल (सिया) द्वारा सञ्चालित यो चितवन युनिट संघको दोस्रो ठूलो केन्द्र हो । यसअघि काभ्रेको साँगामा २४ वर्षदेखि सञ्चालित केन्द्रले सफलतापूर्वक सेवा दिँदै आएको छ । मुलुकको मध्य भाग र पूर्व–पश्चिम राजमार्गको केन्द्रबिन्दुमा रहेको चितवनमा यो केन्द्र स्थापना भएसँगै मध्य नेपालका स्पाइनल इन्जुरी तथा न्युरोलोजिकल समस्या भएका बिरामीहरूलाई काठमाडौं वा साँगा धाउनुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ । केन्द्रले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई अस्पतालमा आधारित हेरचाह, पुनस्र्थापना तथा समुदायमा पुनर्एकीकरणको समग्र सेवा प्रदान गर्नेछ।

समुदाय–आधारित पुनस्र्थापना मोडलका लागि चर्चित यो संस्थाले चितवन युनिटमार्फत मध्य नेपालमा पुनस्र्थापनाको नयाँ मापदण्ड कायम गर्ने लक्ष्य राखेको जनाएको छ । स्पाइनल इन्जुरी संघ नेपालले देशका विभिन्न भागमा यस्ता सेवा विस्तार गर्ने योजनासहित चितवनबाट दोस्रो ठूलो युनिट शुरु गरेको हो ।–


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?