Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।

आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभएपनि कुनैपनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाई थियो । शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरु सो निर्वाचनको पर्खाईमा रहेको समेत बताएका छन् । अध्यक्ष ओलीले एमालेलाई नदीसँग तुलना गर्दै सानातिना भाटा लगाएर निर्वाचनपछि सरकार बन्नबाट कसैले रोक्ने नसक्ने बताएका छन्।

उनले भने,‘फागुन २१ मा चुनाव हुँदैन, हामीलाई थाहा छ । तर हामी चुनाव पर्खिरहेका छौँ । जहिले चुनाव हुन्छ, म सबैले सुन्नेगरी भन्न चाहन्छु–अबको चुनावबाट आउने सरकार नेकपा एमालेको हो । तिनै पुराना पार्टी आउने हो भनेर भन्छन् । अरु आउछन आउँदैनन म जान्दिन तर एमाले आयो आयो । अव एमाले एउटा बाढी जस्तो होइन । विशाल नदीमा आएको बाढीजस्तो जसलाई माछाको भाटासाटा लगाएर के के गरेर यसो आली जस्तो बनाएर रोकिनेवाला छैन । त्यो आयो आयो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको वैधानिकतामाथि प्रश्न उठाउनुपरेको पनि दोहोर्याएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?