Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर


मकवानपुर। हेटौँडा बजार क्षेत्रको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले शनिवार बिहानैदेखि डोजर र जेसीबी प्रयोग गरेर सडक सीमाभित्र परेका संरचना भत्काउन शुरु गरेको छ ।

महेन्द्र राजमार्ग र त्रिभूवन राजपथको संगमस्थल हेटौँडा–१० स्थित राप्ती रोडमा बिहान ६ बजेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा घेरामा डोजर चल्न थालेको हो । सडकको दुवैतर्फ २५/२५ गज (करिव २२.८६ मिटर) क्षेत्र खाली गराउने लक्ष्यका साथ यो अभियान शुरु गरिएको छ । यो सडकको कानूनी चौडाई ५० मिटर (२५/२५ गज दायाँबायाँ) हो ।

वर्षौंदेखि अतिक्रमण भएका कारण सडक साँघुरो बन्दै गएको थियो । अब क्रमशः हेटौँडा बजारको करिव ९.५ किलोमिटर क्षेत्रमा परेका पक्की, अर्धपक्की तथा अस्थायी संरचना हटाइनेछन् । शनिवार पहिलो दिन करिव ५०० मिटर क्षेत्रमा डोजर चलाइएको छ । यस क्रममा केही पसलका छाना, पर्खाल, बार, ग्यारेज तथा सडकमै बनाइएका अस्थायी संरचना भत्काइएका छन् । प्रभावित व्यवसायीहरूले भने अचानक भएको यो कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालयकाअनुसार यो अभियान आगामी एक महिनासम्म निरन्तर चल्नेछ । हेटौँडा बजारको ट्राफिक जाम न्युनिकरण गर्न र सडकलाई व्यवस्थित तथा सुरक्षित बनाउन यो कदम अनिवार्य भएको कार्यालयको भनाइ छ ।

यसअघि पनि पटक–पटक सूचना जारी गर्दा अतिक्रमण नहटेपछि बल प्रयोग गर्नुपरेको कार्यालयले जनाएको छ । सडक विस्तारपछि हेटौँडा–काठमाडांै र हेटौँडा–वीरगञ्ज दुवै दिशाको यातायात सहज हुने अपेक्षा गरिएको छ । हाललाई मुख्य बजार क्षेत्रमा यातायात आवागमनमा केही असुविधा भएको छ भने वैकल्पिक रुटको प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?