Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर


मकवानपुर। हेटौँडा बजार क्षेत्रको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले शनिवार बिहानैदेखि डोजर र जेसीबी प्रयोग गरेर सडक सीमाभित्र परेका संरचना भत्काउन शुरु गरेको छ ।

महेन्द्र राजमार्ग र त्रिभूवन राजपथको संगमस्थल हेटौँडा–१० स्थित राप्ती रोडमा बिहान ६ बजेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा घेरामा डोजर चल्न थालेको हो । सडकको दुवैतर्फ २५/२५ गज (करिव २२.८६ मिटर) क्षेत्र खाली गराउने लक्ष्यका साथ यो अभियान शुरु गरिएको छ । यो सडकको कानूनी चौडाई ५० मिटर (२५/२५ गज दायाँबायाँ) हो ।

वर्षौंदेखि अतिक्रमण भएका कारण सडक साँघुरो बन्दै गएको थियो । अब क्रमशः हेटौँडा बजारको करिव ९.५ किलोमिटर क्षेत्रमा परेका पक्की, अर्धपक्की तथा अस्थायी संरचना हटाइनेछन् । शनिवार पहिलो दिन करिव ५०० मिटर क्षेत्रमा डोजर चलाइएको छ । यस क्रममा केही पसलका छाना, पर्खाल, बार, ग्यारेज तथा सडकमै बनाइएका अस्थायी संरचना भत्काइएका छन् । प्रभावित व्यवसायीहरूले भने अचानक भएको यो कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालयकाअनुसार यो अभियान आगामी एक महिनासम्म निरन्तर चल्नेछ । हेटौँडा बजारको ट्राफिक जाम न्युनिकरण गर्न र सडकलाई व्यवस्थित तथा सुरक्षित बनाउन यो कदम अनिवार्य भएको कार्यालयको भनाइ छ ।

यसअघि पनि पटक–पटक सूचना जारी गर्दा अतिक्रमण नहटेपछि बल प्रयोग गर्नुपरेको कार्यालयले जनाएको छ । सडक विस्तारपछि हेटौँडा–काठमाडांै र हेटौँडा–वीरगञ्ज दुवै दिशाको यातायात सहज हुने अपेक्षा गरिएको छ । हाललाई मुख्य बजार क्षेत्रमा यातायात आवागमनमा केही असुविधा भएको छ भने वैकल्पिक रुटको प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?