Trending
>>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की >>   सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो >>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको बताएका छन् ।

शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिर समेत गरेका छन् । उनले सम्पती सुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत बताए । अध्यक्ष ओलीले सरकारले राजदुत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप समेत लगाएका छन्

उनले भने,‘प्रधानमन्त्रीजी भन्नु हुन्छ–प्रमाण तयार गर्नुन, प्रमाण तयार । मैले थुप्रै ठाउँमा भनेको छु–प्रधानमन्त्रीजीले सम्पत्ति सुद्धिकरण विभागका प्रमुख कि के छ, बोलाएर ३ पटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस । गिरफ्तार गर्नु प¥यो भन्ने माग गर्नुस भनेर उहाँले अनेक दबाब दिनुभयो । त्यहाँका डाईरेक्टरले यस्तो झुटो कामहरु म गर्न सक्दिन , गैरकानूनी काम पनि गर्न सक्दिन, कानुनमा यस्तो छैन । र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिन । अव कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती डाईरेक्टरलाई त्यहाँबाट तुरुन्त हटाईयो । अर्को डाईरेक्टर ल्याइयो । प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुखद स्थिति के हुन्छ ? उहाँहरु एक थोक काम गर्नुपर्ने अरुअरु गरिरहनुभएको छ । राजदुत फिर्ता बोलाउनु हुन्छ, अरु अरु काम गर्नुहुन्छ । अध्यादेश जारी गर्नु हुन्छ, जुन सरोकारको विषय होइन ।’

अध्यक्ष ओलीले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने बताएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?