Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको बताएका छन् ।

शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिर समेत गरेका छन् । उनले सम्पती सुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत बताए । अध्यक्ष ओलीले सरकारले राजदुत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप समेत लगाएका छन्

उनले भने,‘प्रधानमन्त्रीजी भन्नु हुन्छ–प्रमाण तयार गर्नुन, प्रमाण तयार । मैले थुप्रै ठाउँमा भनेको छु–प्रधानमन्त्रीजीले सम्पत्ति सुद्धिकरण विभागका प्रमुख कि के छ, बोलाएर ३ पटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस । गिरफ्तार गर्नु प¥यो भन्ने माग गर्नुस भनेर उहाँले अनेक दबाब दिनुभयो । त्यहाँका डाईरेक्टरले यस्तो झुटो कामहरु म गर्न सक्दिन , गैरकानूनी काम पनि गर्न सक्दिन, कानुनमा यस्तो छैन । र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिन । अव कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती डाईरेक्टरलाई त्यहाँबाट तुरुन्त हटाईयो । अर्को डाईरेक्टर ल्याइयो । प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुखद स्थिति के हुन्छ ? उहाँहरु एक थोक काम गर्नुपर्ने अरुअरु गरिरहनुभएको छ । राजदुत फिर्ता बोलाउनु हुन्छ, अरु अरु काम गर्नुहुन्छ । अध्यादेश जारी गर्नु हुन्छ, जुन सरोकारको विषय होइन ।’

अध्यक्ष ओलीले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने बताएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?