काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दाबी गरेका छन् ।
जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराश रहेको भन्दै अब निराश नहुन आग्रह गरेका छन् । युवा, महिला, दलित, मुस्लिमसहित वृद्धहरुको अधिकारका लागि बोल्ने आफूहरु नै रहेको दाबी गर्दै उहाँले नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुन आह्वान गरेका छन् । जेन–जीहरु समेत नवगठित नेपाली कम्युनिष्ट पार्टीमाथि विश्वास गरिरहेको नेपालले दाबी गरेका छन् ।
उनले भने, ‘जेन–जी पुस्तालाई समेत यही दल आशा तथा भरोसा केन्द्र लागिरहेको छ । शोषित पीडित तथा मिटरव्याज पीडितहरुमा समेत नेपाली कम्युनिष्ट पार्टीप्रति नै आकर्षण रहेको छ ।’
सभामा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले मन्तव्य राखेका छन् ।
प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार