Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल


काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन् ।

शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताएजा छन् । राष्ट्रिय राजनीतिको चुनौतिलाई सामना गर्न र पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने उनको तर्क थियो । महासचिव पोखरेलले पार्टीमा एकताको खाँचो रहेको औल्याउँदै एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । उनले पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएको उल्लेख गर्दै त्यसलाई बुझेर पार्टी पंक्ति अघि बढ्नुपर्ने समेत बताएका छन् ।

महासचिव पोखरेलले भने,‘यतिबेला हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि जुन चौतर्फी आक्रमण र घेराबन्दी हामीले देखिरहेका छौँ । म तपाईहरुलाई के कुरा भन्न चाहन्छु भने त्यो आक्रमण र घेराबन्दी व्यक्ति केपी शर्मा ओलीमाथिको घेराबन्दी र आक्रमण होइन । एमाले पार्टी, त्यसले अवलम्बन गर्ने नीतिहरु र नेपाल राष्ट्रलाई कमजोर बनाउनका लागि गरिएको घेराबन्दी हो, आक्रमण हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ । त्यसअर्थमा यो राष्ट्रलाई भूराजनीतिक द्धन्द्धको क्रिडास्थल बनाउने जुन प्रकारको सुनियोजित षडयन्त्र भईराखेको छ । त्यसलाई पराजित गरी हाम्रा पुर्खाहरुले कहिल्यै कसैसँग उपनिवेष नभएको मुलुकको रुपमा नेपाल स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितलाई जसरी उचो राखेका छन । त्यसको रक्षा गर्ने एक मात्र पार्टीको रुपमा नेकपा एमाले छ । त्यसको विशेष नेतृत्वमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । त्यस अर्थमा यो अधिवेशनले केपी शर्मा ओलीलाई स्थापित गर्ने होइन । उहाँ राष्ट्रिय राजनीतिमा त्यसै स्थापित नेता हो । आज राष्ट्रिय राजनीतिक एक प्रकारले भन्ने हो भने नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको वरिपरि नै घुमीराखेको छ । चाहे सत्तामा रहेको बखत हो, चासो प्रतिपक्षमा रहेको बखतमा होस । या सडकमा रहेको बखत होस । या सिंहदरवारमा रहेको बखत होस । त्यस अर्थमा हामीले के कुरा बुझ्नुपर्दछ भने हामीले उहाँलाई महाधिवेशनको माध्यमबाट स्थापित गर्न खोजेको होइन । हामीले उहाँलाई राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्न सक्ने योग्य नेताको रुपमा नेतृत्व प्रदान गर्न खोजेका हौ भन्ने कुराको यथार्थतालाई हामी सबैले बुझनु पर्दछ । र हाम्रो पार्टी भित्र आन्तरिक लोकतन्त्रलाई हामीले अभ्यास गर्दै आईरहेका छौँ । त्यस अर्थमा लोकतान्त्रिक अभ्यासमा जान्छौ भन्नका लागि पार्टीले सधैं अनुमति दिन्छ । तर आज मुलुकको जुन परिस्थिति छ । जुन प्रकारका चुनौतिहरु छन । यो परिस्थितिमा म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता कमरेडहरुलाई भन्न चाहन्छु–यतिबेला प्रतिष्पर्धा होइन, पार्टीमा एकताको खाँचो छ । सबैलाई एकतावद्ध भएर कमरेड केपी ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतिहरुलाई सामना गर्न पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्ने अभियानमा हामी सबै जुट्नेछौँ । यही अनुरोध गर्न चाहन्छु ।’

त्यस अवसरमा महासचिव पोखरेलले पार्टी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन्।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?