Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराउनुभयो ।

नेता सुवालले नेपाल–भारत सीमालाई नियमन गर्न, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न, काठमाडौँ उपत्यकामा भएको धुलोधुवाँ न्यूनीकरण गर्न र यहाँका सम्पदा र संस्कृतिको जोगाउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सुन्दा कर्णप्रिय रहेता पनि कार्यान्वयनमा कठिनाइ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सरकारलाई समर्थन र मत दिन सक्दैनाँै, निरन्तर राष्ट्र, राष्ट्रियता र स्वाभिमानको मुद्दालाई उठाइरहन्छौँ ।


प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?