Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल


काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताएका छन्  ।

सोमवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताएका छन्  । सञ्चारमन्त्री खरेलले जनताले अनुभुति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभुति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताएका छन्  ।

उनले भने , ‘जसरी पनि फागुन २१ मा चुनाव गर्नुछ । त्यसलाई सम्भव बनाउनु पर्छ । दोस्रो कुरा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने कुरामा बस्तुपरक ढंगले कार्यान्वयन हुने हिसावले देखिने गरेर र जनताले महशुस गर्ने गरेर केही फाउन्डेशनहरु हामीले स्टाप्लिस गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रण पनि ६ महिनामा हुँदैन । यसलाई ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला । १५ वर्ष लाग्ला । घटाउँदै जाने हो । तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा निर्मम छ है, काम गर्दैछ छ है भन्ने अनुभुति ६ महिनामा बनाउन सकिन्छ । र, ६ महिना पछि आउने सरकारले यहाँ नटेकी सुखै नहुने केही न केही हामीले त्यो व्यवस्था गरेर जान सकिन्छ । र तेस्रो कुरा भनेको मैले अघि नै भने–हामी खरानी टटटक्याउँदै हाम्रो जीवन र यी धरोहरुहरुको पुनर्निर्माण गर्नुपर्नेछ । आज संसद भवनको हाल हेर्नुस् । सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृष्य छ । अव यो सरकारले खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभुति हुने गरी यो ६ महिनामा केही कामहरु गर्छौं ।’

त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरुको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताएका छन् । राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरुले काम गर्न नसकेको उल्लेख गर्दैै उनले आफूले हस्तक्षेप नगर्ने बताएका छन् ।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?