Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सरकारका राम्रा काम जनतासम्म पुर्‍याउनुस्, नराम्रा कामको आलोचना गर्नुस्ः अर्थमन्त्री


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरुको आलोचना गर्दै राम्रा कामहरुलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताएका छन् । उनले सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरुमा सहयोग गर्दै आएको पनि बताए ।

उनले भने, ‘सेजनसँग वास्तवमा मन्त्री, नेतालाई तानेर लिएर आउने, आफ्ना कुरा सुनाउने ल्याकत, त्यो हैसियत सेजनसँग छ । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ । सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ । सरकारले गरेका राम्रा कामहरु देख्नुभयो भने त्यसलाई पनि जनतासामु संप्रेषित गरिदिनुस् ।’

उनले मानिसहरुलाई आफ्नो प्रशंसा मात्रै सुन्न मन हुने भन्दै अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने जिकिर गरेका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?