Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी छ, म तपाईंहरुकै साथमा छुः विद्या भण्डारी


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छिन् ।

शुक्रवारबाट ललितपुरको गोदावरीमा शुरु भएको दोश्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामान सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी छिन् । नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।

बिहीवार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण नभएको अवस्थामा विधान अधिवेसनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो । पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि उनले भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरुलाई सफलताको शुभकामना व्यक्त गरेकी छिन् । एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने बताइन् ।

विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरुको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गर्दै उनले एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिएकी छिन् ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?