Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घटेकोप्रति पूर्वप्रधानमन्त्री चन्दद्वारा चिन्ता व्यक्त


काठमाडौँ। राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रवार काठाडौंमा आयोजित ‘बदलिदोँ समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो चिन्ता व्यक्त गरेका हुन् । आजभोलिका केटाकेटीहरु अंग्रेजी अक्षर सिक्ने तर आफ्नै नेपाली वर्णमाला र साहित्यप्रति आकर्षण नदेखाउने प्रवृत्ति देखिएको उनको भनाइ छ । उनले नेपाली भाषाको प्रवद्र्धन र संरक्षणमा ध्यान नदिए नेपाली साहित्य नै समाप्त हुने चिन्ता आफूलाई रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री चन्दले सिर्जनात्मक लेखन र पाठन संस्कृतिलाई प्रवद्र्धन गर्न आधुनिक माध्यमहरूलाई पनि उपयोग गर्न सकिने बताए ।

उनले भने, ‘कतै यो नेपाली साहित्य सिद्धिने क्रममा त छैन कि ? भन्ने कुनैबेला मलाई चिन्ता हुन्छ । आजभोलिका केटाकेटीहरुले बरु अंग्रेजी ए, बि, सी, डि पढ्छन् । क, ख पढ्दैनन् । एक जनाले रचना राम्रो भए मोबाइलमा पठाइदिए पनि हुन्छ नि भन्नुभयो । तर एक प्यारा पढ्न नसक्ने मान्छेले किताब पढ्ने कुरा आउदैन । त्यसको लागि के गर्नुपर्छ ? हामी नेपाली भाषीहरुले र नेपाली साहित्यप्रति आस्था भएका नागरिकहरुले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता मैले महसुश गरिराखेको छु । र म विश्वस्त छु कि यहाँहरुले पनि त्यसमा सहयोग गर्नुहुनेछ ।’

उनले नेपाली साहित्य र भाषा संरक्षणका लागि सबैले आफ्नो तहबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?