Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घटेकोप्रति पूर्वप्रधानमन्त्री चन्दद्वारा चिन्ता व्यक्त


काठमाडौँ। राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रवार काठाडौंमा आयोजित ‘बदलिदोँ समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो चिन्ता व्यक्त गरेका हुन् । आजभोलिका केटाकेटीहरु अंग्रेजी अक्षर सिक्ने तर आफ्नै नेपाली वर्णमाला र साहित्यप्रति आकर्षण नदेखाउने प्रवृत्ति देखिएको उनको भनाइ छ । उनले नेपाली भाषाको प्रवद्र्धन र संरक्षणमा ध्यान नदिए नेपाली साहित्य नै समाप्त हुने चिन्ता आफूलाई रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री चन्दले सिर्जनात्मक लेखन र पाठन संस्कृतिलाई प्रवद्र्धन गर्न आधुनिक माध्यमहरूलाई पनि उपयोग गर्न सकिने बताए ।

उनले भने, ‘कतै यो नेपाली साहित्य सिद्धिने क्रममा त छैन कि ? भन्ने कुनैबेला मलाई चिन्ता हुन्छ । आजभोलिका केटाकेटीहरुले बरु अंग्रेजी ए, बि, सी, डि पढ्छन् । क, ख पढ्दैनन् । एक जनाले रचना राम्रो भए मोबाइलमा पठाइदिए पनि हुन्छ नि भन्नुभयो । तर एक प्यारा पढ्न नसक्ने मान्छेले किताब पढ्ने कुरा आउदैन । त्यसको लागि के गर्नुपर्छ ? हामी नेपाली भाषीहरुले र नेपाली साहित्यप्रति आस्था भएका नागरिकहरुले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता मैले महसुश गरिराखेको छु । र म विश्वस्त छु कि यहाँहरुले पनि त्यसमा सहयोग गर्नुहुनेछ ।’

उनले नेपाली साहित्य र भाषा संरक्षणका लागि सबैले आफ्नो तहबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?