Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

आफ्नै गाउँमा सेवा


हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान थालनी गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्तरण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्न नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।

नगरवासी नागरिकको सहजताका लागि नगरपालिकाले सुरु गरेको अभियानको पहिलो दिन सोमबार वडा नं ११ राजापानीस्थित वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ । राजापानीको वडा कार्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा १५ वटा योजना सम्झौता गरिएको छ । शिविरमा नगरपालिकाले सञ्चालन गरिरहेको बालिका बचत कार्यक्रमअन्तर्गत बैंकमा रकम जम्मा गरेर १० जनालाई भौचर हस्तान्तरण गरिएको जनाइएको छ । यस्तै दुई सय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरिएको छ । शिविरमा एक सय ५० जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । (क) वर्गका एक, (ख) वर्गका चार, (ग) वर्गका दुई र (घ) वर्गका एक गरी ८ जनालाई अपाङ्गता परिचयपत्र र ३० ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वृद्धवृद्धा लठ्ठीको सहारामा वडा कार्यालय आएका थिए । हलेसी तुवाचुङमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण सुरु भएपछि भत्ता बुझ्न बैंकसम्म पुग्नुपर्ने बाध्यता छ । राजापानीबाट हलेसीसम्म पुगेर फर्किँदा भत्ताको आधा रकम सकिएको सुनाउँदै हाल वडामै भत्ता पाउँदा धेरै खुसी लागेको वृद्धवृद्धाले प्रतिक्रिया दिएका छन् । वडासम्म आउन नसक्ने व्यक्तिको भत्ता परिवारका सदस्यलाई प्रदान गरिएको छ । यस्तै योजना सम्झौता गर्न नगरपालिकाको कार्यालयमा धाउँदा धेरै खर्च हुने गरेको उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै वडामै सम्झौता गर्न थालिएको छ । वडागत योजना सम्झौतादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर परिचयपत्र वितरण गर्न पाउँदा आफूहरूसमेत सन्तुष्ट भएको जनप्रतिनिधिले बताएका छन् ।

नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउन वडामै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन अभियान सुरु गरिएको नगरप्रमुख विमला राईले बताउनुभएको छ । “विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने नागरिकलाई समस्या छ । भत्ता लिन हलेसी पुग्नुपर्छ । सवारीसाधन प्रयोग गरेर जाँदा आधा रकम उतै सकिने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसैले वडामै पुगेर भत्ता वितरण गर्न थालेका छौँ । वडाका योजना साना छन् । सम्झौताका लागि नगरपालिका पुग्नुपर्ने उपभोक्ताको बाध्यता छ । उहाँहरूको समय र स्रोतको बचत गर्न शिविरमार्फत सेवा दिन थालेका हौँ ।” वडा कार्यालय आएका कतिपय सेवाग्राहीको कागजपत्र नमिलेका कारण रित्तो हातसमेत फर्किका छन् ।

विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीमा समस्या देखिएकाले त्यस्ता व्यक्तिको कागजपत्र मिलाएर पुनः उहाँहरूलाई सहज वातावरणमा सेवा प्रदान गरिने वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो । अभियानका क्रममा साविकको राजापानी गाविस वडा १ थुम्कीका लोकबहादुर बुढाथोकीलाई उहाँको घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । करिब एक वर्षदेखि प्यारालाइसिस रोगले ओछ्यान पर्नुभएका बुढाथोकीलाई उपप्रमुख रमेशकुमार राउत, वडाध्यक्ष अनिश कार्की, नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेलगायतको टोलीले परिचयपत्र प्रदान गरेको हो ।


प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?