Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास


काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ ।

सोमवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गरेका हुन् । अस्पतालको बन्न लागेको आधुनिक र सुविधा सम्पन्न भवन दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री सिंहले यस अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । अस्पतालले उपत्यकाको सम्पर्कबाट टाढा र विकटका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने उनको भनाइ छ । उनले नेपाल—कोरियामैत्री नगरपालिका अस्पताल क्लिनिकका रुपमा शुरु भएको स्मरण गराउँदै सुविधा सम्पन्न र आधुनिक अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गरे । उनले आफू विरामी नभईकन स्वास्थ्यको महत्व बुझ्न नसकिने उल्लेख गर्दै विरामी हुनुभन्दा अगाडि नै सबैले स्वास्थ्यप्रति गम्भिर हुनुपर्नेमा जोड दिए ।

उनले भने ,‘भक्तपुरको मध्यपुर नगरपालिकाले दक्षिण कोरियाको सहायतामा चल्दै आएको अस्पतालमा प्रभावकारी र गुणस्तरीय सेवा बिस्तार गर्ने क्रममा नयाँ भवन आज शिलन्यास भएको छ । एउटा सानो क्लिनिकको रुपमा शुरु भएर आज यो एउटा अस्पतालको रुपमा विकास भएको छ । त्यसमा अझ स्वास्थ्य सेवालाई बिस्तार गर्नको लागि नयाँ आधुनिक भवन बन्नु खुशीको कुरा हो । बिरामी नभईकन स्वास्थ्यको महत्व नबुझिने रहेछ । आफैं बिरामी भएपछि त राम्रैसँग बुझिन्छ । त्यसैले बिरामी हुनुभन्दा अगाडि नै स्वास्थ्य परीक्षण गर्नुपर्दछ । अहिले त स्वास्थ्य क्षेत्र धेरै नै अगाडि बढिसकेको छ नि त । यस अस्पताल भवनको निर्माणपछि प्राणघातक रोगबाट बच्न सक्ने स्थिति रहन्छ । यो अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप अगाडि बढाउनेछ ।’

अस्पतालको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पुगाउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?