Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

बाल सुधार गृह डोटीलाई विभिन्न वस्तु तथा उपकरण सहयोग


डोटी। डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको बाल सुधार गृहलाई विभिन्न वस्तु तथा उपकरणहरू सहयोग गरिएको छ । केन्द्रीय बाल न्याय समितिको सचिवालय ललितपुरले डोटीको सिलगढीमा रहेको बाल सुधार गृहमा बिहीबार एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्तरण गरिएको बाल सुधार गृह डोटीकी प्रमुख सानुमाया लिम्बुले बताएकी छन् ।

त्यस्तै, बालबालिकाहरूको क्षमता अभिवृद्धिमा सहयोग पुगोस् भन्ने हेतुले युनिसेफ नेपालको सहयोगमा सामाग्री सहयोग गरिएको केन्द्रीय बाल न्याय समितिका उप सचिव अनुपमा पन्तले बताउदै बाल सुधार गृह डोटीलाई ५ थान एर कुलर, ४ थान टेलिभिजन, ६ थान डेक्सटप टप कम्यूटर सहयोग गरिएको समेत बताएकी छन् ।

बाल सुधार गृहलाई सहयोग गरेको सामाग्रीको बढी भन्दा बढी सदुपयोग गरी बालकहरूले आफ्नो क्षमता विकास गर्न आवश्यक रहेको कार्यक्रमका विशेष अतिथि एवं युनिसेफ नेपालका बाल संरक्षण प्रमुख ड्यान रोनोले बताए । आगामी दिनमा बालकहरूलाई आवश्यकता अनुसारका अन्य सामाग्री सहयोग गर्ने समेत बताएका छन् ।

त्यसैगरी, बाल सुधार गृहमा रहेका बालबालिकाहरूलाई सुधार गर्न विभिन्न क्रियाकलापहरू मार्फत बालकहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको कार्यक्रमका विशेष अतिथि एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू बस्नु पर्ने बाध्यता रहेको भएपछि त्यसको व्यवस्थापनमा जिल्लाले पहल गरिरहेको समेत प्रजिअ अर्यालले बताएका छन् ।

कम क्षमता भएको बाल सुधार गृहमा बढी बालकहरू बस्नुपर्ने हुँदा बसाइँमा गाह्रो हुने गरेको जिल्ला अदालत डोटीका न्यायधीस नेत्रमणि गिरीले बताए । बाल सुधार गृहमा रहेका बालकहरूको बसाइँमा समस्या हुँदा आवश्यकता अनुसारको अन्यत्र सार्नको लागि छलफल भइरहेको कार्यक्रमका विशेष अतिथि एवं दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए ।

बालकहरूको नैसर्गिक अधिकार कायम गर्नु हामी सबैको दायित्व हो, त्यसैले प्रदेश भरीको एक मात्र बाल सुधार गृहलाई अन्य स्थानीय तह र प्रदेश सरकारले सहयोग गर्न आवश्यक रहेको समेत बताए । त्यसैगरी, बाल सुधार गृहमा आएका बालकहरूलाई सुधार गरेर लैजानु पर्ने राज्यको दायित्व रहेको कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । डोटीमा रहेको बाल सुधार गृहलाई नेपाल सरकारले थप व्यवस्थित गरेर अगाडी बढाउनु पर्ने समेत बताए ।

बाल सुधार गृहलाई हस्तान्तरण गरेको सामाग्री बालकहरूले बढी भन्दा बढी सदुपयोग गरी आफ्नो व्यक्तित्व विकासमा सहयोग पुर्‍याउन आवश्यक रहेको कार्यक्रमका सभाध्यक्ष एवं सर्वोच्च अदालतका रजिस्टार, केन्द्रीय बाल न्याय समितिका सदस्य सचिव नारायण प्रसाद पन्थीले बताए । देशका विभिन्न स्थानमा रहेका बाल सुधार गृहहरूलाई थप व्यवस्थापन गर्न स्थानीय सरकारको सहयोग महत्त्वपूर्ण रहेको समेत बताए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, युनिसेफ नेपालका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।२०७५ साल भाद्र महिनामा स्थापना भएको बाल सुधार गृहमा २५ जना बालकहरू बस्न मिल्ने क्षमताको भए पनि हाल ५६ जना बालकहरू बस्दै आएका छन् ।

देश भरमा जम्मा ९ वटा बाल सुधार गृह मात्र स्थापना भएका छन् त्यस मध्यको डोटी पनि एक हो ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?