Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वर्तमान संविधानका कारण प्रतिष्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने अवस्था छः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए । उनले नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको पनि बताए । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । यो एक किसिमले राम्रो भएको पनि उनले बताएका छन् ।

सभापति देउवाले भने, ‘अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान छ । कुनै पार्टीको बहुमत आउँदैन । त्यस्तो किसिमको अवस्था छ । सबै पार्टीसँग मिलेर हिँड्नुपर्ने आवश्यकता छ । बाध्यता पनि भने हुन्छ । त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था छ । वास्तवमा भन्ने हो भने राम्रो बाटो लिएका छौँ । समावेशी संविधान बनेको छ । महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार छ ।’

सभापति देउवाले सबैको अधिकारलाई ग्यारेन्टी गर्ने संविधान आफूहरुले बनाएको बताएका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?