Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा ढकाल र महासचिवमा गौतम निर्वाचित


जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनतकुमार गौतम निर्वाचित भएका छन् । आईतवार सम्पन्न अनलाइन मतदानमा अध्यक्षका प्रतिस्पर्धी ज्योति राई र महासचिवका प्रतिस्पर्धी लोकेन्द्र साँबालाई पराजित गर्दै ढकाल र गौतम निर्वाचित भएका हुन् ।

नारा जर्मनीको २०२५-२७ कार्यकालको लागी अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु भने निर्विरोध निर्वाचित भईसकेका छन् । नारा जर्मनीको ४ साउन (२० जुलाई) मा बर्लिनमा १२औं अधिवेशनसँगै उम्मेदवारी दर्ता गरिएको थियोे । सहमतिको प्रयास सफल हुन नसकेपछि दुई पदका लागि २५ साउन (१० अगस्ट)  आईतवार अनलाइन मतदान भएको थियोे । नयाँ कार्यसमितिका लागि दिल बहादुर गुरुङको संयोजकत्वमा निर्वाचन समिति रहेको रहेको थियोे ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?