Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

ट्युनिसियामा डुङ्गा डुब्दा कम्तीमा २० आप्रवासी बेपत्ता


२६ चैत्र, एजेन्सी । ट्युनिसियाको दक्षिणपूर्वी तटमा शुक्रबार राति एउटा डुङ्गा डुब्दा कम्तीमा २० जना आप्रवासी बेपत्ता भएको स्फ्याक्स प्रान्तका एक न्यायिक अधिकारीले बताएका छन् ।

सब–सहारा मुलुकका कम्तीमा ३७ आप्रवासी बोकेको उक्त डुङ्गा शुक्रबार राति स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गरेको स्फ्याक्सको कोर्ट अफ फस्र्ट इन्स्टेन्सका प्रवक्ता फाउजी मसमौदीले सिन्ह्वालाई बताए ।

अहिलेसम्म १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको मस्मौदीले बताए । मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूको लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो ।

ट्युनिसियाली अधिकारीहरूले चालेको कडा कदमको वावजुद पनि ट्युनिसियाली तटबाट अवैध आप्रवासन बढ्दो छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?