Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

ट्युनिसियामा डुङ्गा डुब्दा कम्तीमा २० आप्रवासी बेपत्ता


२६ चैत्र, एजेन्सी । ट्युनिसियाको दक्षिणपूर्वी तटमा शुक्रबार राति एउटा डुङ्गा डुब्दा कम्तीमा २० जना आप्रवासी बेपत्ता भएको स्फ्याक्स प्रान्तका एक न्यायिक अधिकारीले बताएका छन् ।

सब–सहारा मुलुकका कम्तीमा ३७ आप्रवासी बोकेको उक्त डुङ्गा शुक्रबार राति स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गरेको स्फ्याक्सको कोर्ट अफ फस्र्ट इन्स्टेन्सका प्रवक्ता फाउजी मसमौदीले सिन्ह्वालाई बताए ।

अहिलेसम्म १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको मस्मौदीले बताए । मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूको लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो ।

ट्युनिसियाली अधिकारीहरूले चालेको कडा कदमको वावजुद पनि ट्युनिसियाली तटबाट अवैध आप्रवासन बढ्दो छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?